पोखरामा शुक्रबार देखि तारा प्रतियोगिता शुरु

  • पोखरा न्यूज
  • २०७३ मंसिर १७
Post Thumbnail

पोखरा-

पोखरामा शुक्रबार देखि तारा प्रतियोगिता शुरु भएको छ ।

मार्फा थकाली सेवा समितिको आयोजना तथा अमरसिंह—प्रिमो लालचन स्मृति प्रतिष्ठानको मुख्य ब्यबस्थापनमा पोखराको मार्फा थकाली सेवा सदनको प्राङ्गणमा मंसीर २२ गतेसम्म हुने रनिङ शिल्ड प्रतियोगिताको वाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरेका हुन् ।

tara-game-pokhara

थकालीसहित जनजातीहरुको परम्परागत तारा खेलको संरक्षण गर्ने उद्धेश्यले हुने प्रतियोगितामा १३ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गोविन्द ज्वारचनले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका कास्कीका ७, काठमाडौंका ३, बेनीको २ र बुटवलको १ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको बिजेताले ७० हजार, उपविजेताले ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने गर्नेेले १८ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उपाधि तीन पटकसम्म जित्नेले ट्रफी पच पार्नेछ । तर आयोजकले रनिङ शिल्ड पच बनाउने टिमलाई २ लाख तिरेर पुनः शिल्ड फिर्ता लिनसक्ने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र लालचनले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र सबैभन्दा बढी खोल हाल्ने खेलाडीलाई जनही ५÷५ हजार नगद प्रदान गरिने लालचनले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करीब पाँच लाख खर्च लाग्ने र त्यसको सम्पूर्ण खर्च अमरसिंह—प्रिमो लालचन स्मृति प्रतिष्ठानका संरक्षक तथा अमरसिंह लालचनका छोराहरु दीर्घसिंह र मोहनसिंहले बेहोर्ने उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस