पोखरामा पश्चिमाञ्चल स्तरीय क्षेत्रीय छनौट खेलकुद प्रतियोगिता सुरु

उद्घाटन खेलमा गुल्मीलाई एक स्वर्ण

पोखरा-

पश्चिमाञ्चल स्तरीय क्षेत्रीय छनौट खेलकुद प्रतियोगिता आज (सोमबार) देखि पोखरा रगंशालामा सूरु भएको छ ।आउदो पुष ८ गते देखि पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी हुने छनौट खेलको लागि उक्त प्रतियोगिता पोखरामा सुरु भएको हो । सोमबार भएको उक्त छनौट प्रतियोगिताको उद्घाटन खेलमा गुल्मी जिल्लाले स्वर्ण पदक जित्न सफल भएको छ। सोमबार भएको १५ सय मिटर पुरुष दौडमा गुल्मीले स्वर्ण पदक जितेको छ ।

dance

गुल्मीका रोहित अधिकारीले निर्धारित दुरी ४ मिनेट २३ सेकेण्डमा पार गर्दै स्वर्ण पदक सहित राष्ट्रिय प्रतियोगितामा सहभागितको लागि पक्का गरेका हुन । पर्वतका प्रकाश कुंवरले ४ मिनेट ३३ सेकेण्डमा उक्त दुरी पार गर्दै रजत पदक र बाग्लुङका चन्द्र बहादुर मल्लले ४ मिनेट ३६ सेकेण्डमा उक्त दुरी पार गरी कास्य पदक प्राप्त गरे ।

khelkud

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ह्याण्डवल स्ांघका अध्यक्ष तेज बहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button