पोखरा-काठमाण्डौ रुटमा मेकानिकल शौचालय तथा स्लीपर सिटयुक्त सुबिधासम्पन्न रात्री बस

गणेश वराल,

पोखरा –

पोखरा जगदम्बा ट्राभल्सले  पोखरा -काठमाण्डौ रुटमा आधुनिक मेकानिकल शौचालय सहितको VIP डिलक्स वस संचालनमा ल्याउने भएको छ ।  ट्राभल्सले यहि मंसिर २७ गते देखि ३० वटा स्लीपर सिट युक्त सुबिधासम्पन्न रात्रिवस संचालनमा ल्याउन लागेको जानकारी मंगलवार पत्रकार सम्मेलन मार्फत दिएको हो । जगदम्बा ट्राभल्सले पोखरा -काठमाण्डौ रुटमा दिवाकालिन समयमा यसअघिनै सुबिधासम्पन्न गाडी संचालनमा ल्याएको भएता पनि  रात्रीकालिन समयमा भने  पहिलोपटक यस्तो सुबिधासम्पन्न बस संचालनमा ल्याउन लागेको हो ।

press-meet

sleeper-sheetपृथ्बीराजमार्ग वस संचालक समितिद्धारा संचालन भएको उक्त  ट्राभल्सले काठमाण्डौ पोखरा यात्रा गर्ने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै बस भित्रै हाइ-टी, स्लीपर सिट, बल्याङ्गकेट, शौचालय,वस होष्टेज,  ब्रेकफास्ट,फेस टावेल, मिठाई, पत्रपत्रिका जस्ता  सुविधा सहित  रात्रिबस  संचालनमा ल्याउन लागेको ट्राभल्सका संचालक केशवराज अधिकारीले वताए  ।  उनले भने “ हामीले यात्रुहरुले घरवाट अथवा आफ्नो प्रस्थान स्थानवाट बेलुकाको खाना खाइ, आफ्नो सुत्ने ६ घन्टाको समयमा निन्द्रा पूर्याई समयको खेराबिनै आफ्नो गन्तब्यमा पुगुन भन्ने हेतुले सेवा सुचारु गर्न लागेका हौ ।” वसमा यात्रु चढेसंगै बस होष्टेजले स्वागत गर्ने,  हाइ-टीको व्यवस्था , १ सय १० मिटरमा रेस्टिंग पोइन्ट, बिहान ४ देखि साढे ४ बजेको समयमा यात्रुहरुलाई उठाई शौचालयको लागी सूचना दिने,  चिया कफी को ब्यबस्था गर्दै बिहान ६ बजे भित्रमै यात्रुलाई गन्तब्यमा पुर्याइने अधिकारीले जानकारी दिए  ।  हाललाई २  वटा बस भित्राएको ट्राभल्सले  एउटा बस राती १० बजे हेम्जावाट पोखरा हुदै काठमाण्डौ सामाखुशी पुग्नेछ भने काठमाण्डौवाट  सोहि समयमा अर्को बस पोखराका लागी छुटनेछ । यो रुटमा  सेवा राम्रोसंग संचालन भएसंगै अन्य गाडी थपिने र  अन्य क्षेत्रमा समेत  सेवा विस्तार गरिने उनले जनाए ।

एउटा गाडीको मुल्य एक करोड १५ लाख परेको  दाबी गर्दै उक्त ट्राभल्सले  २८  सिटे उक्त गाडीको भाडा शुल्क भने  १ हजार १  सयtoilet तोकिएको  बताएको  छ । कम्पनीले तोकेको भाडामा यात्रुले उल्लेखित सम्पूर्ण  सेवा सुबिधा प्राप्त गर्ने संचालक अधिकारीले जनाए । पोखरामा काठमाण्डौ पोखरा गर्ने यात्रुहरुलाई हवाई मार्गको विकल्पको रुपमा पनि आफुहरुले  सेवा संचालन गरिरहेको अधिकारीले बताए ।  यस वसमा रहने चालक, सहचालक र वस होष्टेज शिष्ट, अनुशासित लामो अनुभब युक्त र तालिमप्राप्त रहेको  उनले जनाए । जगदम्बाले यातयात क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा गतबर्ष देखि अत्याधुनिक एसि सहितका ४० भन्दा बढी  वसहरु संचालनमा ल्याएको दाबी गरेको छ ।  ट्राभल्सले यातयातका  क्षेत्रमा नयाँ आयाम थप्ने उद्धेश्यले दक्षिण एसियाकै अत्याधुनिक सुविधा सम्पन्न  वस भित्र्याइरहेको संचालक केशवराज अधिकारीले दाबी गरे  । पोखरा विराटनगर, विराटनगर काठमाण्ठौ, विरगन्ज काठमाण्डौ, पोखरा दिल्ली जस्ता रुटमा  उक्त ट्राभल्सले सुबिधासम्पन्न वसहरु संचालन गर्दै आएको छ ।

inner-part-bus

आफुहरु क्याबिन सहितका सुबिधासम्पन्न गाडीहरु भित्राउन लागिपरेको  पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । उनले भने “म मेरै कार्यकाल भित्र यात्रुहरुलाई अत्याधुनिक सुविधा दिने उद्धेश्यले थप सुबिधासम्पन्न गाडीहरु संचालनमा ल्याउन हरदम लागिपरेको छु।”  समितिका महासचिव योगेन्द्र बहादुर केसीले यात्रुको ईच्छा र चाहाना अनुसार पुराना गाडीहरुलाई प्रतिस्थापन  गर्दै आफुहरुले सुविधा सम्पन्न वस सेवा संचालन गर्दै जाने बताए ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Timi haruley kasori thagxau vanney kura ta pahila noi ek jana ko lekh ma padhi sakkiyo, yo bus ma subidha xuina, arko bus ma xa vandoi janta thagna lai…..hahaha….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button