सोसियल पव्लिकको वार्षिकोत्सव तथा स्र्पोट्स मिट सम्पन्न

पोखरा-

पोखरा १० वुद्धचोकमा रहेको सोसियल पव्लिक स्कुलको २० औं वार्षिकोत्सव तथा स्र्पोट्स मिट एक समारोहका विच सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथी क्षेत्रिय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले आजको २१ औं सताव्दी सुहाउँदो सूचना प्रविधी शिक्षा महत्वपुर्ण रहने वताए । उनले सो अवसरमा २०७२ सालको एसएलसीमा विद्यालयवाट उत्र्तिण विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । परिक्षामा ५५ जनाले उत्र्तिण गरेका थिए । कर्यक्रममा निजी तथा आवाशिय विद्यालय संस्था प्यावसन कास्कीका अध्यक्ष दिनेश कुमार श्रेष्ठले राज्यले निजी तथा आवाशिय विद्यालयमा अध्ययन गर्ने विद्यार्थी बाट कर असुलेर बाल बालिकाको अधिकार माथी हनन गरेको आरोप लगाए । उनले सवै बालबालिकालाई राज्यले वितरण गर्ने अधिकारको समानुपातिक वितरण हुनु पर्ने कुरा औंल्याए । सो अवसरमा नेपाल ओलोम्पिक कमिटीका सदस्य तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्गले शिक्षामा खेलकुद अपरिहार्य रहेका वताए । उनले अभिभावकलाई बालवालिकाको मानशिक तथा शारिरिक स्थितीलाई राम्रो बनाउन खेलकुदमा सहभागी गराउन अभिभावकलाई अपिल गरे ।

विद्यालयको स्र्पोट्स मिट अन्तर्गत फुटबल, ह्याण्डवल, टेवल टेनिस तथा ट्रयाक एण्ड फिल्डका सम्पुर्ण खेल हरु भएका थिए । विद्यालयमा अध्ययनरत अन्तरसदानत्माक स्तरमा प्रतिष्पर्धा भएको खेलहरुमा नर्सरी देखी १० कक्षा सम्मका करिव ७ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयका व्यवस्थापन समितीका सल्लाहाकार विरेन्द्र बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल खिम गुरुङ्ग, नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठक लगाएतले विजयी पदक, शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न रोचक सांस्कृतिक कार्यञmम प्रस्तुत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button