पोखरा –
सहारा हङकङका अध्यक्ष दिपक गुरुङ परिवारबाट सहारा एकेडेमीमा रहेका वालकहरुलाई ट्याकसुट सहयोग हस्तान्तरण गरेका छन ।
सहारा क्लवद्धारा संचालीत तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरुलाई अध्यक्ष गुरुङ, उनकी धर्मपत्नी भद्रकुमारी गुरुङ बाट करीब ५५ हजार मुल्य बराबरको ट्याकसुट क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन । सोमबार एकेडेमीको अवलोकन गर्दै उनले कठिन तथा विपन्न बर्गका वालकहरुको पालनपोषण, खेलकुद र शिक्षामा क्लवले थालेको अभियानमा आफुले सानो सहयोग गरेको उनले जनाए । सहारा हङकङका सचिव खम गुरुङ (सरोज) प्रशिक्षक कृष्ण थापा र उपेन्द्रमान सिहेले समेत एकेडेमीको अवलोकन गरेका ।
सहारा क्लब पोखरा द्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ आगामी माघ ४ गते बाट १५ गते सम्म पोखरा रंङ्गशालाको खेल मैदानमा आयोजना हुने भएको छ । सो प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित सहारा एकेडेमीमा खर्च गरिदै आएको अध्यक्ष आचार्यले बताए । विगत तिन बर्ष देखि उनीहरुको निशुल्क शिक्षा दिक्षा,स्वास्थ्य लगायत फुटबल प्रशिक्षण क्लबद्धारा निर्मित सुविधा सम्पन्न आवास गृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ बाट संञ्चालन भै रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution