पर्यटन मजदुर संघमा मुोक्तान

  • पोखरा न्यूज
  • २०७३ मंसिर २८
पर्यटन मजदुर संघमा मुोक्तान

पोखरा –

नेपाल समाजवादी ट्रेड युनियन महासंघको घटक नेपाल समाजवादी पर्यटन मजदुर संघ कास्कीको प्रथम जिल्ला भेला नयाँ शक्ति पार्टी कार्यालयको सभाहल सिर्जनाचोकमा सम्पन्न भएको छ । उक्त भेलाले पुर्ण बहादुर मोक्तानको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको प्रथम उपाध्यक्षमा काजी राना, द्धितिय उपाध्यक्षमा खेल लिम्बु, सचिवमा गंगाराम अधिकारी, सहसचिव अप्सरा बराल, कोषाध्यक्ष एलिना केसी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा कर्मा गुरुङ, चन्द्र राई, फुर्पा सिङ्गी, हरि बहादुर खत्री, प्रेम कुमार राई, चन्द्रलाल घले, छिरिङ लामा, असोक मोक्तान, दिल प्रसाद राई, स्याम पोखरेल, युवराज राई, गोकर्ण बस्नेत, चन्द्रबहादुर तामाङ, अशोक मोक्तान र मधुमान तामाङ रहेका छन् ।

भेलाका प्रमुख वक्ता नयाँ शक्ति पार्टी नेपाल प्रदेश नं. ४ की संयोजक बलावती शर्माले नयाँ शक्ति पार्टी नेपालको लक्ष्य, उद्देश्य भनेको समृद्ध नेपाल निर्माण गर्ने हो, समृद्ध नेपाल निर्माण गर्नका निमित्त श्रमिकहरुको अहम् भुमिका हुने हुँदा पार्टीले प्राथमिकताका साथ श्रमिकहरुको समस्याहरुको पहिचान गरि सम्वन्धित निकायसँग गम्भिर ढंगले बहस, छलफल र परामर्शद्वारा समस्या हल गर्दै श्रमिकहरुको दैनिकीमा थप टेवा पुग्ने गरि नयाँ योजनाका साथ मजदुरहरु परिचालित गराईने कुरामा जोड दिईन् । त्यस्तै गरि नयाँ शक्ति पार्टी कास्की जिल्ला उत्प्रेरक जित बहादुर तमुले पर्यटनको क्षेत्रमा लामो अनुभव बटुलेको कारण पर्यटन मजदुरहरुको समस्यालाई नजिकबाट बुझेको र उक्त समस्या हल गर्नका निमित्त सदैव दत्तचित्त भएर लागिरहने कुरा बताए । नयाँ शक्ति पार्टी कास्की जिल्ला संयोजक हेम बहादुर थापाले नेपाल पर्यटकिय हिसाबले अत्यन्तै उर्वर रहेको र यस क्षेत्रमा कार्यरत व्यवसाय एवं मजदुरहरु दुवै पक्षलाई हित हुने गरि सरकार तथा सरोकार राख्ने निकायहरुले नयाँ भिजन र योजनाहरु अघि सार्नुपर्ने औल्याए ।

नेपाल समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं. ४का संयोजक रिम बस्यालले विद्यमान अवस्थामा जतिपनि ट्रेड युनियनहरु हाल क्रियाशिल छन् ति युनियनहरु लोगो र बोर्डमा मात्र सिमित रहेको कुरा बताए । नेपाल समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरुको समस्या हल गर्नका निमित्त नयाँ सोच, नयाँ भिजन र नयाँ लक्ष्य लिएर अगाडी बढेको कुरा बस्यालले बताए । भेलामा ट्रेड युनियन महासंघका जिल्ला संयोजक बाबुराम अधिकारी, महासंघका केन्द्रीय सचिवालय सदस्य शिव बहादुर अधिकारी, महासंघका केन्द्रीय सदस्य सुदर्शन बसौला, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य हरिनारायण गिरी, नेपाल समाजवादी होटल क्यासिनो रेष्टुरण्ट तथा क्याटरिङ्ग मजदुर संघका जिल्ला उपाध्यक्ष बिनोद कपाली लगाएतले नवगठित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उक्त भेलामा नवनिर्वाचित अध्यक्ष पुर्ण बहादुर मोक्तानले आफु श्रमिकको हक हितका लागि सर्घषशिल रहने प्रतिवद्धता व्यक्त गरेका थिए । भेलामा स्वागत मन्तव्य काजि रानाले राखेका थिए भने संचालन ट्रेड युनियन महासंघका सचिवालय सदस्य हरि थापाले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस