पोखरा-
पुर्वाञ्चलमा आयोजनाहुने सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा सम्पन्न पश्चिमाञ्चल स्तरिय स्क्वास्को छनौट खेलमा कास्कीको दवदवा रहेको छ । पोखरा गणेशटोल स्थित कास्की जिल्ला स्क्वास् र्याकेट संघको आफ्नै खेल कोर्टमा सम्पन्न खेलमा कास्कीका हिराकाजी श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन । त्यसै गरि कास्कीका प्रविन पालिखे दोश्रो भए भने प्रकाश केसी र विकास शाक्यले तुतिय स्थान हासिल गरे ।
नेपाल स्क्वास् र्याकेट एशोसियशनका उपाध्यक्ष एवम खेलका मुख्य निर्णायक प्रेम सिंह, संघका उपाध्यक्ष एवम निर्णायक किरण श्रेष्ठ र कोषाध्यक्ष एवम निर्णायक रुपक दाश ताम्राकारले विजयी खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कास्की जिल्ला स्क्वास् र्याकेट संघका अध्यक्ष पुष्प राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव सन्तोष घिमिरेले गरेका थिए । स्मरण रहोस छैटौमा सम्पन्न स्क्वास खेलमा कास्कीले टिम इभेन्टमा रजत पदक प्राप्त गरेको थियो । पुर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद अन्तर्गत स्क्वास् खेल काठमाडौमा हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution