पोखरामा हिसान स्पोर्टस मिट अन्तर्गत टेबुल टेनिस पौष ५ देखि

  • पोखरा न्यूज
  • २०७३ पौष १
पोखरामा हिसान स्पोर्टस मिट अन्तर्गत टेबुल टेनिस पौष ५ देखि

पोखरा-

उच्च माध्यामिक बिद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा यही पुष ५ गते देखि हिसान स्पोटर्स मिट अन्र्तगत टेबुल टनिस प्रतियोगिता सुरु हुने भएको छ ।

पुर्वाञ्चलमा यही पुष ८ गते देखि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको कारणले गर्दा अनौपचारीक रुपमा हिसान स्पोटर्स मिट अन्र्तगत पुष ६ देखिसम्म टेबुल टेनिस प्रतियोगिता हुने भएको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। छात्र तथा छात्रा दुबै तर्फको एकल तथा सामुहिक रुपमा प्रतिष्प्रर्धा हुने भएको हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले बताए । दशौं संस्करणको स्पोर्टस मिट २०७३ यही पौष ८ देखि ११ गते सम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र  पारीएको प्रतियोगिताका संयोजक एवं हिसान कास्कीका पूर्व अध्यक्ष रमाकान्त बरालले बताए । विजेता खेलाडी तथा समुहलाई ट्रफी मेडल प्रमाण पत्र वितरण गरीने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख ९५ हजार खर्च लाग्ने पन्तले जनाए । हिसान कास्कीमा करीब ६ हजार बिद्यार्थीहरु अध्ययनरत रहेको उपाध्यक्ष रामजी शर्माले बताए ।

कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुको खेलकुदको विकास गराउने उद्धेश्यले भलिवल र बास्केटवल छात्र÷छात्रा दुबै तर्फ को प्रतियोगिता हुने भएको बरालले बताए । हिसान कास्कीमा आवद्ध ४७ वटा उच्च माविका विद्यार्थीहरूले सहभागिता जनाउने छन । भलिवल उपसमिती संयोजक दिवाकर जैसी, वास्केटवलमा राजु कायस्थ, टेवल टेनिस समिती संयोजकमा यम रोका, स्टेज मेनेजमेन्टमा रामजी शर्मा, पुरस्कार एवं सर्टिफिकेट उप समितीका ढाकाराम कडेल, संचारमा डा.पुण्य पौडेल, सुरक्षा र फस्ट एडमा शेर बहादुर गुरूङ्ग, खाजा तथा पानी व्यवस्थापनमा ढाकाराम कडेल, न्यायिक उप समिती संयोजक सूर्य जि.सी., आर्थिक उप समितीका संयोजक त्रिभुवन शर्मा, अतिथी सत्कार उप समितीमा वावुराम पन्त रहनेगरी उप समितीहरू गठन भएको छ । विभिन्न उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गर्दै गरेको अध्यक्ष पन्तले जनाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस