
करीब २४ टिम सहभागि हुने
डीएनबी,
पोखरा –
छैठौ एस ओ एस ग्रुप बगर भाइ खलक एट ए साइड भेट्रान फुटवल प्रतियोगिता २०७३ को तयारी तीब्र रुपमा पारीएको छ ।
पोखरामा रहेको बगर भाइ खलकको आयोजनामा यही पुष ६ देखि ९ गते हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारीएको सुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । पोखराको ऐतिहासिक खेल मैदान पुरानो टुडिखेलमा संचालन हुने उक्त प्रतियोगितामा काठमाण्डौं, बिरगन्ज, हेटौडा, चितवन, वुटवल लगायतका करीब २४ टिमको सहभागिता हुने भएको बगर भाइ खलकका अध्यक्ष दीलबहादुर गुरुङले बताए । विजेता टिमलाई ७५ हजार र उपविजेतालाई ५० हजार साथमा ट्रफी मेडल प्रमाणपत्र रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करीब ८ लाख खर्च लाग्ने उनले जनाए ।
हङकङबाट मिक्कि (सरोज) गुरुङ ले प्रथम पुरस्कार प्रायोजन गरेका छन भने दोश्रो पुरस्कारका लागी जापानबाट सौगात, प्रकाश, विश्व, हर्क, मुकेश, दिनेश, कल्पना, सुवाष, सुर्य, दुर्गा गुरुङ लगायतले ५० हजार रुपैया सहयोग प्रदान गरेका छन । त्यसैगरी प्रतियोगितालाई सफल पार्न बगर भाई खलक युकेबाट दुई लाख रुपैया आर्थिक सहयोग सहित रनिङ ट्रफी, फाईनल खेलको म्यान अफ दी म्याच ट्रफी प्राप्त भएको छ । उक्त सहयोग अध्यक्ष गुरुङलाई बगर भाई खलक युकेका सदस्य मे.खुसिमान गुरुङले हस्तान्तरण गर्दै खेलकुदको विकासमा बगर भाई खलक लागेकोले उक्त प्रतियोगिता सफल पार्न निरन्तर सहयोग गर्ने वचन दिए । उक्त सहयोग तीन हप्तामा युकेमा आफ्ना साथी भाईहरुबाट संकलन भएको उनले जनाए । स्वर्गीय रन्जित गुरुङका छोरा राजु गुरुङले प्रतियोगिताको लागि ५० हजार आर्थिक सहयोग गरेका छन । यसै बर्ष देखि बगर भाई खलक युकेलाई सह–प्रायोजकको रुपमा आफुहरुले प्राप्त गरेको अध्यक्ष गुरुङले बताए ।
आर्थिक संयोजक इश्वर गुरुङ पारीवारीक भेटघाटको क्रममा करीब ६ महिना अघि युके गएकोले उनको पहलमा युके निवासि कमल कोने गुरुङ, भानु गुरुङ (थकाली), चन्द्रमान गुरुङ, हितकाजी गुरुङ लगायतको सक्रियतामा बगर भाई खलक युके गठन भएको हो । “स्वास्थ्यको लागि एक घण्टा व्यायाम, जेष्ठ खेलाडीहरुको लागि नौलो आयाम” भन्ने मुल नाराका साथ ४० बर्ष देखि ६५ बर्ष भित्रका उमेर समुहका व्यक्तिहरुलाई प्रतियोगितामा सहभागिताको लागि लिइने भएको छ ।
यसैविच प्रतियोगिताको अवसरमा फुटवलमा योगदान पु¥याएका पूर्व खेलाडीलाई यष बर्ष पनि सम्मान गरीने भएको छ । यस बर्ष पुर्व राष्ट्रिय खेलाडी दक्ष बहादुर गुरुङलाई सम्मान गरीने भएको छ ।





