
३० खेलमा ५ सय ४२ खेलाडी सहभागि हुने
पोखरा-
पश्चिमाञ्चल क्षेत्रका खेलाडीहरुलाई एक समारोहका बिच मंगलबार विदाइ गरीएको छ । पूर्वाअञ्चलमा यही पुष ८ गते देखि संचालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने पश्चिमाञ्चल क्षेत्रका खेलाडीहरुलाई समितिले मंगलबार विदाइृ गरेको हो ।
पुष १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा पश्चिमाञ्चल १६ जिल्लाका उत्कृष्ट ५ सय ४२ जना खेलाडीले ३० वटा विभिन्न खेलमा प्रतिष्प्रर्धा गर्ने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । मंगलबार पोखरा रंगशालामा टिम विधाई तथा पत्रकार सम्मेलनमा वोल्दै पौडेलले सम्पुर्ण पश्चिमाञ्चल क्षेत्रको ईज्जत र प्रतिष्ठा राख्ने गरी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने बताए । पश्चिमाञ्चल क्षेत्र फुटवलका अन्तराष्ट्रिय खेलाडी अनिल गुरुङ र भलिवल खेलकी अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङलाई मंगलबार एक समारोहका बिच सम्सदीय विकास समितिका सभापति रविन्द्र अधिकारी, समितिका अध्यक्ष खगराज पौडेलले राष्ट्रिय झण्डा सहित पश्चिमाञ्चल विकास समितिको झण्डा हस्तान्तरण गर्दै पुर्ण सफलताको कामना सहित खादा र अविर लगायर विभिन्न खेलका टिमहरुलाई विदाई गरेका हुन । खेलाडीहरुलाई पश्चिमपृतनाका पृतनापति जगदिश पोखरेल, सशस्त्र प्रहरीका डिआईजी नरेन्द्र कुमार सिंह, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उपमहानगरपालीका कार्यालयका कानुनि अधिकृत नारायण शर्मा लगायतले समेत विदाई गरेका हुन ।
महिला तथा पुरुषको फुटवल÷भलिवल÷ क्रिकेट सहितको टिमलाई विदाई गरीएको हो भने टोली बुधबार पुर्वाञ्चल प्रस्थान गर्ने भएका छन । केही खेलको वन्द प्रशिक्षण पोखरामा भई रहेको छ भने केहि खेलका टिमहरु दुई÷तीन दिन पछि पुर्वाञ्चलमा जाने भएका छन । कराँते लगायतका खेलाडीहरुको टिमलाई विदाई गरी रहदा हक्कीको टिम सहितका अन्य टिमलाइ विदाइ कार्यक्रममा समयमै खवर नभएको आफुहरुलाई सौतनी व्यवहार भएको हक्की संघका उपाध्यक्ष हिमाल खड्काले गुनासो गरे । हक्कीका प्रशिक्षक राजेन्द्र पाठकले आफुहरुले राम्रो नतिजा ल्याउने तयारी गर्दा गर्दै पोखरा रंगशालामा पिउने पानी र सौचालयको टट्कारो समस्या भएको दुखेसो पोखे । उनले भने “ पोखरा रंगशालामा भएका केहि सौचालयमा साँचो लगाएको छ, प्रशिक्षणको क्रममा महिलाहरुलाई पिसाप लाग्दा झाडी तर्फ पठाउनु पर्दछ ।” पश्चिमाञ्चल क्षेत्रबाट पुरुष फुटवल, भलिवल, तेक्वान्दो, कराँते, सुटिङ, ह्याण्डवल लगायका खेलमा पश्चिमाञ्चलको पदकको सम्भावना भएको समितिका अध्यक्ष पौडेलले दाबी गरे ।
कार्यक्रममा बोल्दै सम्सदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान वनाउ तयार गर्न निर्देशन दिदै पैसाको कारणले निमार्ण कार्य नरोकिने बताए । पोखरा र पोखरा क्षेत्रमा धेरै कवर्डहलहरु निमार्ण हुन सके पोखरामा ठुला प्रकृतिका राष्ट्रिय तथा अन्त्राष्ट्रिय प्रतियोगिता गर्न सकिने दाबी गरे । समितिका अध्यक्ष पौडेलले सरकारले एक प्रतिशत मात्र बजेट खेलकुदमा खर्चीन सके नेपालले सागमा धेरै पदक दिलाउन सक्ने दाबी गरे ।





