पोखरामा मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिता हुने

पोखरा-

पोखरामा मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिता हुने भएको छ ।

पोखरान्यूज डटकमले विभिन्न संघ संस्थाहरु बिच आपसी सदभाव कायम गर्ने उद्धेश्यले यही पुष ९ र १० गते पोखरा–११ फुलवारीमा रहेको टप कर्नर फुटसलमा उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पर्यटनको राजधानी पोखरालाई खेलकुदको पनि राजधानी बनाउने अभियानलाई संचारको माध्यमबाट सहयोग पु¥याउने उद्धेश्यले “पर्यटन, खेलकुद र संचार पोखरा प्रवद्र्धनको मुल आधार” भन्ने नारा सहित पहिलो पटक पोखरामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए ।

उनले भने “पोखरा क्षेत्रका संस्थाहरु बिच आपसी सदभाव कायम राख्दै अघि बढन सकेको खण्डमा यहाँको पर्यटन र खेलकुदको विकास गर्दै समग्र पोखराको आर्थिक विकासमा टेवा पु¥याउन सक्ने हामीले विश्वास लिएका छौंैं ।” प्रतियोगितामा पोखरा क्षेत्रमा रहेका बैंक तथा विक्तिय संस्था, हस्पिटिल, पर्यटन लगायत करीब १२ वटा संस्थागत टिमको सहभागिता रहने भएको छ । पोखरामा पछिल्लो क्रममा टोलटोलमा फुटसल भित्रिएसंगै फुटसल व्यवसाय प्रवद्र्धनमा पनि यस्ता प्रतियोगिताले धेरै सहयोग पुग्ने बरालले जनाए । प्रतियोगितालाई मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ र कास्कीको माछापुच्छ्रे गाविसमा निमार्णाधिन झ्यामोलोङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको करुवा हाईड्रोपावर रहेको छ । त्यसै गरी प्रतियोगिताको सहयोगिको रुपमा पोखरा टे«डिङ कन्सर्न, पोखरा ११ फुलवारीमा रहेको टप कर्नर फुटसल, रिजनल हस्पिटल (मेडिकल सहयोग) होटल जलमहल, ईको पानी लगायतका रहेका छन ।

प्रतियोगितमा विजेता हुने टिमलाई नगद १५ हजार एक, उपविजेतालाई १० हजार र तेश्रो हुनेलाई नगद ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र वितरण गरीने भएको । प्रतियोगिता सम्पन्न गर्न करीब १ लाख ४५ हजार ३ रुपैया खर्च हुने आयोजकले जनाएको छ ।कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले पोखरामा हुने यस्तो प्रतियोगितालाई मञ्चले सहयोग गर्ने बताए । कार्यक्रम प्रालिका अध्यक्ष एवं पोखरान्यूज डटकमका सम्पादक ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button