पोखरा –
पश्चिमाञ्चल क्षेत्रका वास्केटवल खेलाडीहरुको टिमलाई बुधबार पोखराबाट विदाई गरीएको छ ।
पूर्वाअञ्चलमा यही पुष ८ गते देखि संचालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने पश्चिमाञ्चल क्षेत्रको वास्केटवलको महिला तथा पुरुष टिमलाई एक समारोहका बिच पोखरामा विदाई गरीएको हो । बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, संघका सल्लाहकार तथा पोखरा उपमहानगरपालीका कार्यालयका कानुनि अधिकृत नारायण शर्मा, संघ कास्कीका सचिव ध्वजकुमार गुरुङ, पुर्व राष्ट्रिय खेलाडी सुरेस गुरुङ लगायतले खेलाडीहरुलाई सफलताको कामना सहित खादा माला र अविर लगायर विदाई गरेका हुन । झक बहादुर पुन पुरुष तर्फको प्रशिक्षक हुने भने प्रदिप रसाईली महिला तर्फको प्रशिक्षक हुन ।
वास्केटवलको महिला तथा पुरुष तर्फ १२÷१२ जना खेलाडीहरु रहेका छन ।





