
पोखरा –
पश्चिमाञ्चल क्षेत्रका आर्चरी र हक्कीका खेलाडीहरुको टिमलाई विहिबार छुट्टा छुट्टै कार्यक्रमका बिच पोखराबाट विदाई गरीएको छ ।
पूर्वाअञ्चलमा यही पुष ८ गते देखि संचालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने पश्चिमाञ्चल क्षेत्रका आर्चरी र हक्कीका महिला तथा पुरुष टिमलाई एक समारोहका बिच पोखरामा विदाई गरीएको हो ।

आर्चरीका ४ महिला सहित २२ जना खेलाडीहरुको टिमलाई अन्नपुर्ण आर्चरी क्लवका संस्थापक आजिवन सदस्य विलम शेरचन, क्लवका अध्यक्ष किशोर कुमार गुरुङ, उपाध्यक्ष वसन्त गौचन (साकुरा), पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले सफलताको कामना सहित खादा तथा अविर लगायर विदाई गरेको संजीवमान तुलाचनले बताए ।
त्यसै गरी हक्कीका महिला तथा पुरुषका १६÷१६ जना खेलाडीहरुको टिमलाई सत्रस्त्र प्रहरी वल मुत्तिनाथ बाहिनी मुख्यालयका सहायक बाहिनीपति कृष्णभक्त ब्रह्मचार्य, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख बिद्या मर्सानी लगायतले सफलताको कामना सहित खादा तथा अविर लगायर विदाइ गरेको हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए ।





