
पोखरा-
‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखरा द्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको दोश्रो दिनका खेलहरु शनिवार पनि जारी रहेका छन ।
शनिवार सम्पन्न दोश्रो दिनको खेलहरुमा दुरा युवा क्लवले प्रतिभा युथ कलवलाई ३–० ले, मिलनटोलले अन्नपुर्ण टोललाई १–० ले युनाइटेड क्लवले कृयटिभ क्लवलाई २–० ले, काजीपोखरीले मेरो नेपाल युथ क्लवलाई ४–० गोल अन्तरले पराजित गरेका छन ।
त्यसै गरि अन्य खेलमा बाँझापाटन बि ले पस गाँउ यूथ क्लवलाई २–१ ले , ए.वि.गर्नसले एन.सि.एस एम कसेरीलाई टाइव्रेकरमा ४–३ ले र व्रर्दश एफसीले संगम होम ग्राउण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको क्लवले जनाएको छ । एक लाख २५ हजार ५ सय ५५ नगद राशी प्रथम पुरुस्कार रहेको उक्त प्रतियोगिताको उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता पुष १५ गते सम्म संचालन हुने छ ।
पोखराको अम्वर सिंह खेल मैदानमा पुष ८ गते देखि सुरु भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको एशोसियशनका अध्यक्ष डम्वरजङ्ग गुरुङ्गले जानकारी दिए ।





