माउन्ट अन्नपुर्ण र स्पाइरल छात्रा भलिवलको फाइनलमा
पोखरा-
उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान कास्की स्र्पोट्स मिट–२०७३ अन्र्तगत छाञा भलिवल खेलमा माउन्ट अन्नपुर्ण उच्च मावी र स्पाइरल ग्यालेक्सी फाइनलमा भिड्ने भएका छन । आइतवार भएको खेलमा माउन्ट अन्नपुर्णले न्यू ग्यालेक्सी र स्पाइरलले डायमन्ड उच्च मावीलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन ।
सम्पन्न छात्र बास्केटबल तर्फ माउन्ट अन्नपुर्ण र प्िरतभा उच्चमावी सेमिफाइनलमा प्रवेश गरेका छन भने अन्य खेलहरु सोमवार विहान सम्पन्न हुने छन ।
त्यसै गरि छात्रा बास्केटवलको सेमिफाइनलमा पश्चिमाञ्चल उमावीले ग्लोबल उमावीको तथा माउन्ट अन्नपुर्णले स्पाइरल ग्यालेक्सीको सामना गर्ने प्रतियोगिताका संयोजक राजु कायस्थले बताए ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्की द्वारा आयोजित दशौं हिसान
कास्की स्र्पोट्स मिट–२०७३ सोमवार औपचारिक रुपमा समापन हुने हिसान कास्कीका अध्यक्ष बावुराम पन्तले जानकारी दिए ।
हिसान कास्कीले आफ्ना सदस्य विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको विचमा आपसी मित्रताको अभिवुद्धी गराउने तथा उनीहरुलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्ने उद्धेश्यले खेलकुद प्रतियोगिता संचालन गर्दै आइरहेको छ । प्रतियोगिता पोखरा रंगशालामा पुष ११ गते सम्म संचालन हुनेछ । हिसान कास्कीमा आवद्ध ४७ उच्च मावीमा ६ हजार विद्यार्थी आवद्ध छन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution