
पोखरा-
पूर्वाञ्चल सुनसरी धरानको नर्भना काउन्ट्र गल्फ क्लबमा संचालित ३ दिनको ५४ होलको गल्फ खेलमा ३ ओटा क्षेत्रिय टिम १ विभागीय नेपाल आर्मी टिम गरी ४ टिम का ३४ जना गल्फरहरुले टिम र खुल्ला एकल प्रतिस्पर्धामा भाग लिएका थिए । पश्चिमाञ्चल बाट कास्कीबम दलबहादुर लामा, कमल तामाङ्ग र प्रज्ज्वल गुरुङले टिम तथा खुल्ला एकलमा मे.लक्ष्मी प्रसाद गुरुङको सहभागिता रहेको थियो ।
यस खेलमा पूर्वाञ्चलका शुक्रबहादुर राई र शिवकुमार माझी तथा राजु राईको टिमले ४४१ अंक प्राप्त गरी स्वर्ण पदक जित्नु भयो भने को टिमले ४१६ अंक प्राप्त गरी स्वर्ण पदक जित्यो पश्चिमाञ्चल पश्चिमाञ्चल बाट कास्कीबम दलबहादुर लामा, कमल तामाङ्ग र प्रज्ज्वल गुरुङल टिमले ४७२ अंक प्राप्त गरी रजत पदक जित्न सफल भयो भने विभागिय नेपाल आर्मी टिमको ले.कर्णल. बसन्त गुरुङ, मे. निश्चिल रायमाझी र पृथ्वी मल्लकोे टिमले ४७५ अंक प्राप्त गरी कास्य पदक प्राप्त गरेको थियो । एकल तर्फको स्वर्ण शुक्र बहादुर राई ले २१३ अंक प्राप्त गरी स्वर्ण जित्नु भयो भने क्रमशः सुन्दर राई २२२ प्राप्त गरी रजत र २२६ अंक प्राप्त गरी युवराज भुजेलले कास्य पदक जित्नु भयो । पश्चिमाञ्चल कास्कीको गल्फर कम तामाङ्ग १ अंकले कास्य पदकबाट बञ्चित हुनुभयो । विजेता गल्फरहरुलाई नेपाल गल्फ संघका अध्यक्ष मधुकर याक्टुम्बा सुनसरी जिल्ला खेलकुद अध्यक्ष धन प्रसाद राई सुनसरी गल्फ संघका अध्यक्ष मे. दलबहादुर राईले पुरस्कार वितरण गर्नु भयो ।
फोटो क्याप्सन बायाँबाटः कमल तामाङ्ग, दलबहादुर लामा, प्रज्ज्वल गुरुङ्ग तथा मे. लक्ष्मी प्रसाद गुरुङ
पश्चिमाञ्लका खेलाडी गल्फरहरु रजत पदक सहित





