पोखरा-
‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखरा द्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रि क्वाटरका खेल सम्पन्न भएका छन ।
बुधवार सम्पन्न अन्तिम प्रि क्वाटरका खेलहरुमा काजी पोखरीले बाँझपाटन बिलाई २–० ले, संगम एफ.बी युनाइटेड लाई पेनल्टीमा ३–२ ले, अक्सिजन लेकसाइडले एपिएफ लाई १–० ले, बाँझापाटन ए ले एकता एफसीलाई २–१ ले, तारा एफ सी बि ले पेनाल्टीमा भ्याली क्लवलाई ३–१ ले, पश्चिम क्षेत्रिय गण नेपाल प्रहरी ले तारा एफसी ए लाई पेनाल्टीमा ५–४ ले र आयोजक एलजी ए ले मिलनटोल बि १–० गोल अन्तरले जिजयी भए भने आयोजक एलजि बि टिम भने नेपाली सेना संग १–० पराजित भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत विहिबार वाट क्वाटर फाइनलका खेलहरु संचालन हुने छन ।
एक लाख २५ हजार ५ सय ५५ नगद राशी प्रथम पुरुस्कार रहेको उक्त प्रतियोगिताको उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता पुष १५ गते सम्म संचालन हुने छ ।
पोखराको अम्वर सिंह खेल मैदानमा पुष ८ गते देखि सुरु भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको एशोसियशनका अध्यक्ष डम्वरजङ्ग गुरुङ्गले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution