एलजी कप सेभेन ए साइडका प्रि–क्वाटरका खेल सम्पन्न

पोखरा-

‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखरा द्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रि क्वाटरका खेल सम्पन्न भएका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बुधवार सम्पन्न अन्तिम प्रि क्वाटरका खेलहरुमा काजी पोखरीले बाँझपाटन बिलाई २–० ले, संगम एफ.बी युनाइटेड लाई पेनल्टीमा ३–२ ले, अक्सिजन लेकसाइडले एपिएफ लाई १–० ले, बाँझापाटन ए ले एकता एफसीलाई २–१ ले, तारा एफ सी बि ले पेनाल्टीमा भ्याली क्लवलाई ३–१ ले, पश्चिम क्षेत्रिय गण नेपाल प्रहरी ले तारा एफसी ए लाई पेनाल्टीमा ५–४ ले र आयोजक एलजी ए ले मिलनटोल बि १–० गोल अन्तरले जिजयी भए भने आयोजक एलजि बि टिम भने नेपाली सेना संग १–० पराजित भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत विहिबार वाट क्वाटर फाइनलका खेलहरु संचालन हुने छन ।

एक लाख २५ हजार ५ सय ५५ नगद राशी प्रथम पुरुस्कार रहेको उक्त प्रतियोगिताको उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता पुष १५ गते सम्म संचालन हुने छ ।

पोखराको अम्वर सिंह खेल मैदानमा पुष ८ गते देखि सुरु भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको एशोसियशनका अध्यक्ष डम्वरजङ्ग गुरुङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button