हेटौंडा गोल्ड कपमा यस पाली पनि सहाराको तगारो मनाङ

पोखरा-

मनाङ मस्र्याङदी क्लव यस बर्ष पनि सहारा क्लवको तगारो वन्यो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

हेटौंडामा जारी हेटौंडा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को पहिलो सेमिफाईनलमा खेलमा विहिबार मनाङ सहारा क्लवको तगारो वन्दा यस बर्ष पनि सहाराको फाईनलमा पुग्ने यात्रा टुगिएको छ । खेलको ८ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले हेड गोल गरी मनाङलाई फाईनलमा पुराएका हुन ।

पोखराको सहारा क्लवले पहुना टोली भारतको दिल्ली युनाईटेडलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियोे । सहारा क्लव सुदुरपश्चिम तर्फ सुक्रबार लाग्ने भएको छ । खप्तड गोल्ड कपमा सहभागि हुन टिम सुक्रबार सुदुरपश्चिम तर्फ प्रस्थान गर्ने भएको प्रशिक्षक किरण श्रेष्ठले बताए । आहा रारा गोल्ड कपको तयारी खेलको रुपमा आफुहरु विभिन्न प्रतियोगितामा सहभागि हुदै आएको उनले जनाए । सवै खेलमा सिकेका र केहि कमिकमजोरीहरु सुधार गरी आहा रारामा राम्रो टिम निकाल्ने तयारी भएको उनले बताए ।

त्रिभुवन आर्मी बिरुद्ध आयोजक हेटौंडासंग भएको विजेताले मनाङसंग उपाधिको लागि भिड्ने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगिता हेर्टौंडामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button