पोखरा-
मनाङ मस्र्याङदी क्लव यस बर्ष पनि सहारा क्लवको तगारो वन्यो ।
हेटौंडामा जारी हेटौंडा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को पहिलो सेमिफाईनलमा खेलमा विहिबार मनाङ सहारा क्लवको तगारो वन्दा यस बर्ष पनि सहाराको फाईनलमा पुग्ने यात्रा टुगिएको छ । खेलको ८ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले हेड गोल गरी मनाङलाई फाईनलमा पुराएका हुन ।
पोखराको सहारा क्लवले पहुना टोली भारतको दिल्ली युनाईटेडलाई टाईब्रेकरमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियोे । सहारा क्लव सुदुरपश्चिम तर्फ सुक्रबार लाग्ने भएको छ । खप्तड गोल्ड कपमा सहभागि हुन टिम सुक्रबार सुदुरपश्चिम तर्फ प्रस्थान गर्ने भएको प्रशिक्षक किरण श्रेष्ठले बताए । आहा रारा गोल्ड कपको तयारी खेलको रुपमा आफुहरु विभिन्न प्रतियोगितामा सहभागि हुदै आएको उनले जनाए । सवै खेलमा सिकेका र केहि कमिकमजोरीहरु सुधार गरी आहा रारामा राम्रो टिम निकाल्ने तयारी भएको उनले बताए ।
त्रिभुवन आर्मी बिरुद्ध आयोजक हेटौंडासंग भएको विजेताले मनाङसंग उपाधिको लागि भिड्ने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगिता हेर्टौंडामा भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution