आफूलाई बदनियतपूर्वक हराएको भन्दै एमालेका उम्मेदवारद्वारा मुद्दा दर्ता

पोखरा न्युज –

स्थानीय तहको निर्वाचनमा आफूलाई बदनियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले पाटन उच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ ।

आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको आरोप लगाइएको छ भने महानगरको वडा नं १, २, ४, ९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमति बेगर आयोग कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको मुद्दामा उल्लेख छ ।

मुद्दाको शुक्रबार पेसी तोकिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button