अम्रिसोको कुचोेले बजार पाएन

पोखरा न्युज –

अम्रिसोको कुचोेले बजार नपाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अम्रिसोखेतीप्रति किसान आकर्षित भए पनि उचित मूल्य नपाउँदा अहिले उनीहरु निराश छन् । यहाँ उत्पादित अम्रिसोका कुचोे भारत निकासी हुँदै आए पनि यस वर्ष निकासीमा समस्या भएपछि कुचोले बजार पाउन नसकेको हो ।

अम्रिसोको व्यावसायिक खेती गर्दै आएका किसानका कुचोे नबिक्दा गोदाममा राखिएका अम्रिसोका फूल कुहिन थालेका छन् । पूर्वखोला गाउँपालिका–२, जल्पाका मोहनबहादुर थापाका अनुसार सस्तोमा समेत कुचो बिक्री गर्न सकिएन, बजारमा लगेर बेच्न खोज्दासमेत बिक्री हुन नसकेकाले यस वर्ष एक हजार ५०० किलो अम्रिसो भण्डार गर्न बाध्य भएका छौँ ।

एउटा कुचोकोे रु ७० मा पहिला गाउँबाट बिक्री हुँदै आएकामा अहिले रु ४० मा समेत बिक्री हुन नसकेको उहाँले बताउनुभयो । एक किलो अम्रिसोको फूलबाट चारवटासम्म कुचोे बनाउन सकिन्छ ।

विपन्न समुदायका मानिसलाई कुचोेले बजार नपाउँदा दशँै खर्च जुटाउन समस्या भएको स्थानीयवासी खुमबहादुर सारुले बताउनुभयो । पाल्पा जिल्ला अदुवा, सुन्तला, तेजपात र अम्रिसो उत्पादनमा प्रख्यात छ ।

जिल्लाको जल्पा, मित्याल, झिरुवास, देवी, देउराली, दोभानलगायतका अधिकांश स्थानमा अम्रिसोको व्यावसायिकखेती गर्न थालेपछि उत्पादन बढेको जिल्ला वन कार्यालयका अधिकृत यमप्रसाद पोखरेलले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button