म्याग्दीको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता

पोखरा न्युज ।

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दानाको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तीर्थयात्री र अन्नपूर्ण–२ भुरुङ तातोपानीको भिरबाट मोटरसाइकलसहित खसेर अर्का एक नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सडक विस्तार भइरहेकाले गाडी रोकिएको अवस्थामा पैदलै घाँसातर्फ जाँदै गरेका भारत बिहारका ललन शर्मा सडकको डिलबाट खोँचमा खसेका हुन् । शर्माले लगाएको गलबन्दी भिरमा अड्किएको अवस्थामा देखिएको र उनको खोजीमा प्रहरी परिचालन भएको घटनास्थलबाट इन्द्रसिङ शेरचनले बताउनुभयो ।

यसैगरी, शुक्रबार भुरुङ तातोपानीदेखि बेनी आउँदै गरेको मोटरसाइकलसहित कालीगण्डकी नदीमा खसेर हेटौँडा उपमहानगरपालिका–१६ का अन्दाजी २४ वर्षीय बादल बम्जन बेपत्ता भएका छन् । ग १२ प ५३४ नं को मोटरसाइकलमा बेनी आउँदै गरेका उनी भुरुङ तातोपानीको भिरबाट कालीगण्डकी नदीमा खसेका थिए ।

बम्जनको खोजी जारी रहेको र अवस्था अज्ञात रहेको भुरुङ तातोपानी प्रहरी चौकीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button