पोखरामा सम्पन्न आइटिएफ टेनिसमा भारतीय खेलाडीहरुको बर्चश्व

पोखरा न्युज ।

३५ वर्ष माथिको एकल उपाधी कमललाई

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सम्पन्न एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप सर्किट वान टेनिस प्रतियोगितामा भारतिय खेलाडीहरुले बर्चश्व जमाएका छन् ।

प्रतियोगिताका अधिकांस इभेण्टहरुको उपाधी भारतिय खेलाडीहरुले कब्जा गरे । तर प्रतियोगिताको मुख्य इभेण्टका रुपमा हेरिएको ३५ वर्ष माथिको एकल उपाधी भने नेपाली खेलाडीले कमलबहादुर भण्डारीले जिते । पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा भारतका कमलेश शुक्लालाई ६–४, ६–२ को सोझो सेटमा पराजित गर्दै कमलले सो उपाधी रक्षा गरेका हुन् ।

त्यसैगरि ४५ वर्ष माथिको एकल उपाधी भारतका चन्द्र भुषणले जिते । उनले फाइनल खेलमा भारतकै बालकिसन भाटियालाई ५–७, ७–५ र ६–४ को कठिन सेटमा पराजित गरेका हुन् ।

५५ वर्ष माथिको एकल उपाधी मनोज शम्शेरले जिते । उनले भारतका प्रदिपकुमार गुप्तालाई ६–३, १–६ र ६–४ को प्रतिस्प्रधात्मक सेटमा पराजित गरे ।

३५ वर्ष माथिको डबल्सतर्फ भारतका अरुण अग्रवाल र दिलिप महंतीको जोडिले जितेको छ । फाइनलमा भारतकै अविनाश कुवर र कमलेश शुक्लाको जोडिलाई ६–३, ६–२ को सहज सेटमा पराजित गर्दै उपाधी आफ्नों नाम गराएका हुन् ।

४५ वर्ष माथिको डबल्स उपाधीपनि भारतकै खेलाडी अरुण अग्रवाल र बालकृष्ण भाटिको जोडिले जित्यो । फाइनलमा भारतकै चन्द्र भुषण र हितेन्द्र पानवारको जोडिलाई ६–१ र १–१(रिटायर्ड हर्ट) मा पराजित गर्दै अग्रवाल र भाटिको जोडिले सो उपाधी जितेको हो ।

प्रतियोतिगाका विजेता खेलाडीहरुले आइटिएफमा ४० अंक जोड्न सफल भए । त्यसैगरि उप–विजेताले २०, सेमिफाइनलिष्टले १० तथा क्वाटरफाइनलिष्टहरुले ५ अंक जोड्न सफल भए ।
प्रतियोतिगाका विजयी खेलाडीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसिले एक समारोहका विच पुरस्कार वितरण गरे ।

प्रतियोगिता अन्र्तगत सर्किट टु को खेल सोमबारदेखि पोखरा रंगशालामा हुनेछन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button