पोखरामा अण्डर सिक्स्टिनका क्रिकेट खेलाडी छनौट सम्पन्न

पोखरा न्युज ।
नेपालको अण्डर सिक्सटिन टिममा यस क्षेत्र वाट सहभागि गराउन खेलाडी पक्रिया छनौट सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघको पहलमा भएको छनौटमा कास्की, तनहुँ, चितवन र स्याङ्गजाका गरि १६ जना खेलाडी छनौट गरिएको छ ।

छनौटमा परेका खेलाडीहरुमा चितवन वाट दिवश पौडेल, अशिष लम्साल, सुलभ बराल र रुपेश राय क्षेत्री छन । त्यस्तै तनहुँका शितल सुनार, मनोज श्रेष्ठ स्याङ्गजाका सुजन गौतम र मनोज गौतम रहेका छन । कास्की वाट छनौट हुनेमा मेख वहादुर सेन, मुस्कान थापा, ईशान श्रेष्ठ, देव शाह, प्रेम वहादुर गुरुङ्ग, सन्दिप छन्त्याल, किरण पौडेल र कृष्ण पौडेल रहेका छन ।

छनौटमा परेका १६ जना मध्ये उत्कृष्टताको आधारमा चार जना अन्तिम चरणको छनौटमा पर्ने छन । ति चार जनाले  राष्ट्रिय टिममा समावेश गर्ने र संभवत पुषको दोश्रो साता वाट काठमाडौमा हुने वन्द प्रशिक्षणमा राखिने जानकारी कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

सम्पन्न छनौट समापन कार्यक्रममा शुभकामना दिंदै जिल्ला खेलकुद संघ कास्कीका अध्यक्ष याम वहादुर गुरुङ्गले खेलाडीहरुले अनुशासनको साथै आफ्नो पढाइमा पनि उत्तिकै ध्यान दिनु पर्ने वताए । समापन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ्गले मनतव्य दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button