थापा र केसी प्रचार गर्दै मिजुरेतर्फ

काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका यज्ञबहादुर थापासहित सोहि क्षेत्रको प्रदेश ‘ख’मा उम्मेदवारी दिएका कृष्ण केसीले विहिबार सैमराङमा घरदैलो कार्यक्रममा सहभागी भएका छन् । उनीहरुले त्यहाँका मतदातासँग काँग्रेसको पक्षमा भोट मागे ।
त्यो भन्दा अगाडि यज्ञबहादुर थापा र कृष्ण केसीको टोलीले माझठाना र कालिकामा सम्पर्क कार्यलय उद्घाटन गरेको थियो । सम्पर्क कार्यालय उद्घाटन गर्दै विकास र सम्बृद्धिको लागि काँग्रेसका उम्मेदवारहरुलाई जिताउन उनीहरुले अपील गरेका थिए ।
सम्पर्क कार्यालय उद्घाटन, घरदैलो कार्यक्रमसँगै थापा र केसी विहिबार नै मिजुरेको गहतेमा पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी सभालाई सम्बोधन गर्दै थापाले सो क्षेत्रको विकास चाहने सबैलाई काँग्रेसको पक्षमा भोट हाल्न अपील गरे । त्यस्तै केसीले पनि मिजुरे क्षेत्रको विकासका लागि आफु गम्भिर रहेको र निर्वाचित भएसँगै मिजुरेको विकासको गति अगाडि बढाउन आफू कम्मर कसेर लाग्ने बताए ।
मिजुरेमा कोणसभासँगै साँस्कृतिक कार्यक्रम समेत भएको काँग्रेस कास्कीका जिल्ला सदस्य नविन सिग्देलले जानकारी दिए । थापा र केसीसँगै सो क्षेत्रमा काँग्रेसकी समानुपातिक उम्मेदवार रहेकी रसकुमारी गुरुङ पनि प्रचारमा हिँडिरहेकी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button