बाम गठबन्धन कास्कीका उम्मेदवारको उदघोष – फेरी २ चुनाव चिन्ह लिएर आए भोट नदिनू

कास्की १ प्रतिनिधि सभा सदस्यका बाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारी र क्षेत्र नं १ , प्रदेश १ का साझा उम्मेदवार दीपक कोइराला (रुपक) ले अर्को पटक भोट माग्न आउँदा पार्टी एउटै हुने बताएका छन् ।

उनीहरुले पार्टी एक भएन र फेरि छुट्टाछुट्टै चुनावचिन्ह लिएर भोट माग्न आए भोट नदिन आग्रह गरेका छन् ।

बिहीबार पोखरा लेखनाथ ३१ को पचभैयामा भएको कोणसभामा उनीहरुले चुनाब जित्नलाई मात्रै गठबन्धन नगरेको बताए । अधिकारीले जनतालाई विकास र समृद्धि दिनका लागि गठबन्धन भएको उल्लेख गरे । उनले भने, ‘अब कास्कीलाई लाल किल्ला हुनबाट छेक्न कुनै तागतले सक्दैन ।’

कोइरालाले युद्धकालमा गोली लागेर बाचेको जिन्दगी अब विकासको लागि सर्मपण गर्ने उद्घोष गरे । उनले भने, ‘जितेपछि पर्यटन, कृषि , खेलकुदमा कायापलट गर्ने क्षमता हामीमा छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button