पोखरामा निषेधित क्षेत्रमा राप्रपाको चुनावी सभा, स्थानिय ब्यबसायी आन्दोलित

सार्वजनिक सभा तथा कार्यक्रम गर्न  निषेधित क्षेत्र पोखराको मानव अधिकार चोकमा विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभा भएसंगै स्थानिय ब्यबसायीहरु आन्दोलित भएका छन ।

विगत ४/५ महिना देखि मानव अधिकार चोकमा कुनै पनि सार्वजनिक सभा तथा कार्यक्रम नभएको अबस्थामा राप्रपाले जवरजस्ती चुनावी सभा आयोजना गरेकोले चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसायी समिति, पोखरा ट्रेड मल लगायतका संस्थामा आवद्ध करिब २ सय ब्यबसायीहरु आन्दोलित भएका हुन।

 

मानव अधिकार चोकमा केहि महिना अघि देखि ध्वनि प्रदुषण रहित साईन वोर्ड समेत राखको समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका कार्यालय, विभिन्न राजनीतिकका पार्टी कार्यालयमा समेत उक्त स्थानमा कुनै पनि सभा तथा सार्वजनिक कार्यक्रम नगर्न नगराउन भनी पत्र दिदा पनि विहिबार राप्रपाले कार्यक्रम गरेकोले त्यसको बिरोधमा आफुहरुले दिउसो १ बजेसम्म पसलहरु बन्द गराएर बिरोध गरेको चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसायी समितिका अध्यक्ष डिबी भुजेलले बताए ।

 

पोखराको व्यापारिक तथा मानिसहरुको बढी चाप हुने उक्त स्थानमा कुनै पनि कार्यक्रम गर्दा ट्राफिक व्याबस्थापन देखि विभिन्न ब्यबसायीहरुको व्यापारमा समेत प्रभाव पर्ने र ध्वनि प्रदुषण हुने भएकोले आफुहरुले कुनै पनि कार्यक्रमहरु उक्त स्थानमा नगर्न आव्हान गर्दै आएको अध्यक्ष भुजेलले बताए । उक्त स्थानको विकल्पमा अन्य स्थानमा कार्यक्रम गर्न समेत उनले आग्रह गरेकाछन। आन्दोलनको क्रममा करिब २ सय भन्दा बढी सटरहरु आधा दिन जसो बन्द गरी सांकेतिक रुपमा बिरोध जनाएको उनले जनाए ।

विवेकशील साझा पार्टी कास्कीले केहि दिन अघि मानव अधिकार चोकमा कार्यक्रम गर्न नदिएको अबस्थामा विहिबार कुनै पार्टीको भएकोमा स्तव्ध र चकित भएको जनाएको छ । आफुहरुलाई कार्यक्रम गर्न निषेध गरिएको स्थानमा किन र कसरी कार्यक्रम गर्न अनुमति दिईयो त्यसको जबाफ साझा पार्टीले सम्बन्धित निकायसंग जबाफ माग गरेको छ । आगामी दिनमा यस्ता घटना नदोहोराउन आग्रह गरेको साझा पार्टी कास्कीका चुनाव प्रचार समितिका संयोजक राजाराम केसीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ

विवेकशील साझा पार्टी कास्कीले मंसिर ५ गते मंगलबार मानव अधिकार चोकमा नागरिक सभाको आयोजना गर्न खोज्दा स्थानिय व्यवसायी तथा स्थानीयको दवावमा साझा पार्टीले एक थकाली भान्छा घरको सभाहलमा कार्यक्रम गरेको थियो । मानवअधिकार चोकमा चुनावी सभालाई राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले सम्बोधन गरेका थिए ।

पोखरा लेखनाथ महानगरपालिकामा धर्ना दिन गएका उनीहरुलाई महानगर प्रमुख मानबहादुर जिसीले कार्यक्रम गर्नको लागि आफूले स्विकृति नदिएको बरु जिल्ला प्रशासनले दिएको हुनसक्ने बताएपछि उनीहरु प्रशासनमा पुगेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button