पोखरालाई खेलकुदको अन्तराष्ट्रिय शहर बनाउने बाम गठबन्धन उद्घोष

बाम गठबन्धनका उम्मेद्वारले पोखरालाई खेलकुदको राजधानी बनाउने उद्घोष गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका खेलाडी संगठनको संयुक्त भेलामा उनीहरुले पोखरालाई खेलकुदको अन्तराष्ट्रिय शहर  बनाउने उद्घोष गरेका हुन् ।

कास्की २ का उम्मेदवार रवीन्द्र अधिकारीले खेलकुदका सबैभन्दा धेरै गतिविधि हुने पोखरालाई खेलकुदको राजधानी बनाइछाड्ने बताए । उनले पोखरा रंगशालालाई अन्र्तराष्ट्रिय स्तरको बनाउन सुरु भएको र त्यो कुन पनि हालतमा बन्ने उद्घोष गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका कास्की १ प्रदेश १ का उम्मेदवार  दीपक कोइराला ‘रुपक’ले पोखरालाई खेलकुदको क्षेत्रबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यसबाट पर्यटन प्रबर्द्धन तथा रोजगारी समेत सिर्जना गर्न सकिने बताए ।

कास्की २ प्रदेश २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले कांग्रेसले खेलाडीलाई लड्न र भीड्नको लागि हतियारको रुपमा मात्र प्रयोग गर्ने गरेको आरोप लगाए । उनले खेल र खेलाडीको विकास बामपन्थीले मात्र गर्ने दाबी गरे । कास्की २ प्रदेश १ का कृष्ण थापाले खेलकुदको विकासका लागि बामपन्थी सरकार बनेपछि योजनाबद्ध ढंगले अगाडि बढ्ने बताए ।

कार्यक्रममा कास्की १ का प्रतिनिधि सभाका उम्मेद्वार खगराज अधिकारी, कास्की ३ का उम्मेद्वार जगत विक, कास्की १ को प्रदेश क्षेत्र नम्बर २ का मनबहादुर गुरुङ, कास्की ३ प्रदेश क्षेत्र नम्बर १ का रामजी बराल ‘जीवन’ र कास्की ३ को प्रदेश क्षेत्र नम्बर २ का राजीव पहारीले पनि पोखरालाई खेलकुदको राजधानी आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सिल्भर मेडल जित्ने मोयथाई खेलाडी कुमार थापा र मोय थाईका प्रमुख राष्ट्रिय गुरु दीपक गोदारलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button