पोखरामा नेपाली जुत्ता घरका उत्पादन बिक्रि वितरण सुरु

पोखराको बजारमा नेपाली जुत्ता घरका उत्पादन बिक्रि वितरण सुरु भएको छ । पोखराको सिद्धार्थचोकमा विहिबार देखि स्वदेशमै उत्पादन भएका जुत्ता चप्पल बिक्रिको पसल स्थापना गरिएको नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

पोखराको बजारमा बिक्रि गर्ने उद्धेश्यले विहिबार देखि मोफसलमा पहिलो शाखाको रुपमा पोखरा नेपाली जुत्ता घरको शाखा वितार गरिएको अध्यक्ष उपाध्यायले बताए । उक्त शाखाको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले दृर्ण ईच्छाशक्तिको अभावले गर्दा मुलुकमा समृद्धि हुन नसकेको बताए । कच्चा पदार्थको सहि ढंगले प्रयोग गरी स्वदेशी उत्पादनलाई बढवा दिन आग्रह गर्दै उनले एक थान नेपाली जुत्ता किन्दै स्वदेशी ब्राण्डलाई प्रोत्साहन गर्न सुझाव दिए ।

स्वदेशी उत्पादनका बस्तुहरुको पसल पोखरामा स्थापना भएकोले यसलाई राष्ट्रिय महत्वको रुपमा हेरिनु पर्ने फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष कृष्ण कुमार फुयालले बताए । उनले भने “स्वदेशी उत्पादनलाई बढवा दिने हो भने अब प्रत्यक नेपालीको खुट्टामा नेपाली ब्राण्डका जुत्ता चप्पल हुनुपर्छ । ” पोखरा उद्योग बाणिज्य संघका सदस्य डिबी भुजेलले, महिला तथा वालवालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसी, कास्की, पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराई, संचारकर्मी विमला भण्डारी लगायतले स्वदेशी उप्पादनका बस्तु तथा सेवा प्रयोग गर्न आग्रह गरे ।

नेपालमा उत्पादन भएका ७ वटा ब्राण्डका जुत्ता चप्पल पोखरामा बिक्रि वितरण सुरु भएको उपाध्यायले बताए । न्यूनतम ३ सय देखि ६ हजार मुल्यका जुत्ता चप्पल बजारमा उपलब्ध भएको अध्यक्ष उपाध्यायले बताए । उनका अनुसार नेपालमा हाल ६ करोड मुल्य बराबरका जुत्ता चप्पल बिक्रि हुने गरेको छ । जसमध्य ५५ प्रतिशत मात्र स्वदेशी उप्तादनले हाल बजार ओगट्न सकेको उनले जनाए । ६५ प्रतिशतसम्म नेपाली बजार जमाएको स्वदेशी जुत्ता चप्पल भूकम्प र नाकावन्दीको प्रभावले ६ महिना उद्योग बन्द हुनाले हाल त्यसको प्रभाव परेको उपाध्यायले गुनासो गरे । ७० प्रतिशत जसो कच्चा पदार्थ विदेशबाट आयात हुने गरेको बताएका उपाध्यायले पछिल्लो बर्ष देखि भारतबाट कच्चा पदार्थ ल्याउन समस्या भएको जनाए । भन्सारमा समेत महङगो हुने गरेको उनको गुनासो छ । करिब ४० लाखको लागतमा उक्त शाखा पोखरामा स्थापना भएको प्रालिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button