खेलकुद पत्रकार मंचका अध्यक्षद्वारा पोखरा रंगशालमा अवस्थित मिडिया सेन्टरको अवलोकन

नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य लगाएतको टोलीले शुक्रबार पोखरा रंगशालमा अवस्थित मिडिया सेन्टरको अवलोकन गरेका छन ।

अध्यक्ष आचार्य सहितको टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष तथा पश्चिमाञ्चल खेलकुद मिडिया सेन्टरका अध्यक्ष केशब पाठक, मंच कास्कीका उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, सदस्य शुर्दसन रन्जित, ढाकामोहन बराल लगाएतले स्वागत गरेका थिए ।

मंचको टोलीले पोखरा रंगशालमा भइरहेको भौतिक पूर्वाधारको विकास लगाएत १३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा हुने खेलकुद गतिविधीका बारेमाअध्यक्ष पौडेल संग जानकारी लिएका थिए । उनीहरुले पोखरा रंगशालाका विभिन्न पूर्वाधार विकासको पनि अवलोकन गरेका थिए । सो अवसरमा अध्यक्ष आचार्यले पश्चिमाञ्चलमा नै पहिलो पटक खेलकु दमिडिया सेन्टरको स्थापना भएकोमा खुसी व्यक्त गर्दै मिडिया सेन्टरले खेलकुद विकासमा नयाँ इट्टा थप्ने बताए ।

नेपाल खेलकु दपत्रकार मंचको टोलीमा पूर्व अध्यक्ष अजय फुँयाल, कोषाध्यक्ष प्रज्वल ओली कार्य समितीका सदस्यहरु गेविन्द रेग्मी, सरिता श्रेष्ठ,अन्जन खडका र कमल खत्री रहेका थिए ।

तस्विरः शुर्दसन रन्जित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button