जापानमा हुने यु-१२ फुटबल प्रतियोगिताको लागि पोखरामा दोश्रो चरणमा ३६ जना छनौट

जापानमा हुने यु–१२ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको दोश्रो चरणबाट ३५ जना छनौट भएका छन। पोखरा क्षेत्रका ६५ जना वालकहरु मध्य दोश्रो चरणमा ३५ जना छनौट भएको प्रशिक्षक राजेन्द्र तामाङले बताए ।

पोखरा रंगशालामा केहि महिना देखि प्रशिक्षण सूरु भएको हो । आगामी पुषमा मात्र जापान जाने टिम १३ जना खेलाडीहरु छनौट हुने भएको तामाङले बताए । छनौट भएका खेलाडीलाई आगामी चैतमा जापानमा हुने कोपा पुमा टोरेरोस फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको प्रशिक्षक तामाङले जनाए । छनौट भएका १३ जना खेलाडीहरुले एक साता जापानमा हुने प्रतियोगितामा निशुल्क जाने आउने तथा खान बस्नको व्याबस्था हुने तामाङले जनाए ।

फन रुट्स एकेडेमी जापानको आयोजनामा हुने प्रतियोगितामा नेपालसँगै, जापान, कोरिया, स्पेन, जर्मन, ताईवान, सिंगापुर, ब्राजिल लगायतको टोलीको सहभागिता हुने भएका छन । उमेर समूहमा हुने उक्त प्रतियाोगिताले नेपाली फुटबलको विकासमा सहयोग पुरयाउने प्रशिक्षक तामाङले बताए । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका वसन्त गौचन सहितको टोलीले अन्तिम छनौट गर्ने भएको हो ।

एन्फा कास्कीको सहकार्यमा हुने उक्त कार्यक्रम अन्र्तगत हाल दैनिक जसो एसियन फुटवल कन फेडेरसनबाट ए लाईसेन्स प्राप्त राजेन्द्र तामाङ, शम्भु केसी र दिपेन्द्र तामाङले प्रशिक्षण गराउदै आएका हुन। अन्तिम छनोटको लागि नेपालका पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचन जापानबाट आईपुग्ने छन् । गौचन फन रुट्स एकेडेमी जापानका प्रशिक्षक हुन् । गत बर्ष उक्त प्रोजेक्ट मार्फत १३ जना पोखरेली खेलाडीको साथमा तामाङ जापान गएका थिए ।

छनौट भएका खेलाडीहरुमा मनोज विक, सुवास गुरुङ, अंकितसिंह थापा, आयुस गुरुङ, आसिस कुवंर, प्रतिक कार्की, अनिल सुचि कार, एलेन गुरुङ, मनिस क्षेत्री, अजित गुरुङ, मन कुमार सुनार, लक्की गुरुङ, जष्टिन पुन, निमा लामा, मोहित श्रेष्ठ रहेका छन । त्यसै गरी छनौट भएका खेलाडीहरुमा श्रवेस थापा मगर, कुसल नेपाली, रितेस गुरुङ, समिर थापा, उत्सर्ग शर्मा, मनिस सिंजाली, आस कुमार गुरुङ, मन बुमार विक, विशाल कार्की, सफल वानिया, नविन थापा, सुसान छन्त्याल, सगुन पाठक, सफल थापा, विकास कुवंर, अनुपम श्रेष्ठ, अजित श्रेष्ठ, साईमन गौचन, सोयभ अलिमिया, अदेश श्रेष्ठ र लप्सन पुन रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button