थापाको घरदैलो भरतपोखरीमा

नयाँ शक्ति पार्टी नेपाल कास्की क्षेत्र नं. २ (क)का प्रदेश सभा सदस्य उम्मेद्वार हेम बहादुर थापा र समानुपातिक उम्मेद्वार चेत बहादुर महत सहितको प्रचार टोलीले पोखरा लेखनाथ–३३, साविक भरतपोखरीमा शनिबार घरदैलो गरेका छन् । मतदानको दिन नजिकिदै गर्दा उम्मेद्वार थापा र महतले घरदैलोलाई तिव्रता दिएका हुन् ।

निर्वाचनमा कुनै दलको पैसाको मोहमा नफसी आफ्नो स्वविवेक प्रयोग गरि भोटको सहि निर्णय लिन स्थानियलाई थापाले बताए । बैकल्पिक राजनीतिक शक्तिका प्रति मतदाताहरुको अत्याधिक चासो देखिएको हुँदा उनीहरुको चिन्ता र चासोलाई मतमा परिणत गर्न घरदैलो अभियान सार्थक बनिरहेको थापाले बताए ।

त्यसैगरि समानुपातिक तर्फका उम्मेदवार चेत बहादुर महतले दलले प्रतिवद्धता कागजमा मात्र सिमित राखेका हुँदा बैकल्पिक शक्तिलाई साथ दिन स्थानियलाई आग्रह गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button