पोखरा बनाउनलाई कसैले रोक्न सक्दैन – करण

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले समृद्ध पोखरा बनाउन कसैले रोक्न नसक्ने उद्घोष गरेका छन् । मुक्तिनाथ समाज सेवा केन्द्र पोखराको शनिबार भएको भेलामा ‘करण’ले समृद्ध र विकसित पोखरा आजको आवश्यक्ता भएको बताए । त्यो पूरा गर्ने योजना आफूसँग भएकाले त्यसलाई रोक्न कसैको तागत नपुग्ने उनले दाबी गरे ।

विगतमा कांग्रेसले जनतालाई शोषण गर्दै आफू मोटाउनेमात्र काम गरेकाले पोखराले फड्को मार्न नसकेको उनले आरोप लगाए । वामपन्थी सरकार आएपछि पोखराले विकास र समृद्धिमा छलाङ मार्ने उनले बताए । करणले कोरला उक्त नाका खुलेपछि भारतमाथिको एकोहोरो निर्भरता हट्ने भएकाले मूल्यवृद्धि पनि कम हुने उल्लेख गरे ।

‘करण’ले शनिबार बाटुलेचौर गन्धर्व बस्तीमा घरदैलोसमेत गरे । उनलाई स्थानीय अगुवाले सारंगी संरक्षणका लागि गन्धर्व एकेडेमी सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button