बाम गठबन्धन क्षेत्र नं ३ को घरदैलो अभियान अन्नपूर्णमा

बाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तीब्र पारेका छन् ।

जसअन्र्तगत कास्की क्षेत्र नं ३ प्रतिनिधि सभाका जगत विश्वकर्मा र प्रदेशसभा ख अन्र्तगत प्रदेश सभाका उम्मेदवार राजिव पहारी आज अन्नपूर्ण गाउँपालिकाको अधिकारीडाँडा, नौडाडा, लेवाडे, भीरमुनी लगायतका ठाउँहरुमा घरदैलोमा पुगेर स्थानीयहरुसंग मत मागेका छन् ।

ती स्थानहरुमा आयोजित कोणसभामा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले बाम गठबन्धनले स्थायी सरकार, शान्ति, सुव्यवस्थाको ग्यारेण्टी गर्ने बताए । त्यस्तै क्षेत्र नं ३ प्रदेशसभा २ का उम्मेदवार राजीव पहारीले पूरानो परम्पराबादी सोँच त्यागेर नयाँ यूगमा प्रवेश गर्नका निमित्त बाम गठबन्धन आवस्यक भएको र यसलाई सम्पूर्ण जनताहरुले अनुमोदन गरी विजयी बनाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा अन्य पार्टीमा क्रियाशिल रहेका करिब ५० जना बाम गठबन्धनमा प्रवेश गरेका थिए ।

कार्यक्रममा समानुपातिक उम्मेदवार सिता गिरी ओली, दुर्गा विक लगायतले पनि बोलेका थिए ।

क्षेत्र नं ३ बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक लक्ष्मी अधिकारी, प्रदेश नं ४ का सह संयोजक गणेश तिमिल्सिना समानुपातिक उम्मेदवारहरु मित्रकुमारी गुरुङ (सुवेदी पुष्पा केसी भण्डारी, पुण्य पौडेल, नेताहरु गोविन्द अधिकारी, भीमलाल भुँगाई, दिनेश नेपाली, लगायतको पनि सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button