४ बजेसम्म मुस्ताङमा ७० प्रतिशत मत खस्यो

प्रतिनिधि र प्रदेशसभा सदस्यको लागि आज भएको निर्वाचनमा मुस्ताङका बिभिन्न मतदान केन्द्रमा ४ बजेसम्म ७० प्रतिशत मत खसिसकेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हरेक मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको छ ।

उच्च हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रमा स्ट्याम्प प्याडमा मसी जमेको कारण केहीबेर मतदानमा ढिलाइ भएको थियो । लोमन्थाङ गाउपालिका–१ मा रहेको मतदान केन्द्र निफुक नामडोल नोर्वुलिङ गुम्बा मतदान केन्द्रमा चिसोका कारण स्ट्याम्प प्याड जमेपछि तताएर मतदान कार्य सुचारु भएको छ ।

उपल्लो मुस्ताङमा अत्यधिक चिसो भएपनि मतदाताहरु बिहानैबाट भोट दिन लाइनमा बसेका छन् । जाडो छल्न पोखरा, काठमाडौलगायतका स्थानमा गएका मतदाताहरु जहाजबाट सदरमुकाम जोमसोम आएका छन् ।

कतिपय मतदाता घण्टौं हिंडेर मतदान केन्द्र पुगिरहेका छन् । मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् ।

स्रोत : इकान्तिपुर https://kantipur.ekantipur.com/news/2017-11-26/20171126163650.html

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button