खगराज र दिपक भन्छन् – ५ बर्ष भित्र कास्की क्षेत्र नं १ मा कोही सुकुम्बासी हुन्न

कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका बामगठबन्धनका साम्झा उम्मेदवार पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी र क्षेत्र नं  १ का प्रदेश सभा सदस्यका बामठगबन्धनका साझा उम्मेदवार दिपक कोइराला (रुपक)ले अबको ५ बर्ष भित्र कास्की क्षेत्रनं १ मा कोही सुकुम्बासी नहुने बताउनु भएको छ । अबको ५ बर्षमा कसैले पनि म सुकुम्बासी हुं भन्नु पर्ने अबस्था सृजना नहुने बताउनु भयो ।अब सुकुम्बासीहरुको आफ्नै नामको लालपुर्जामा घर हुने बताएका छन् । सुकुम्मबासीलाई लालपुर्जा वितरणमा बाधक काग्रेस भएको भन्दै नेता द्धयले अबको केन्द्र र प्रदेशको सरकार बामपन्थीको बने पछि सुकुमबासीको जिवनमा नयाँ बहार आउने बताएका छन् । प्रदेश ४को राजधानी पोखराको लेखनाथमा बनाउने देखि लेखनाथमा रहेका ७ वटै ताललाई जोडेर पोखराको लेकसाइडको अबस्थामा ल्याउन सकिने परिकल्पना आफुहरुको रहेको दावी गरेका छन् ।

दुवै उम्मेदवारहरुले आफुले केही दिन पहिले सार्वजनिक गरेको प्रतिबद्धता पत्रको अक्षरस पालना गर्नेपनि बताएका छन् । अहिले पोखरा लेखनाथ महानगरपालिका वडानं ३१मा घरदैलो संगै चुनावी कोणसभा भइरहेको निर्बाचन परिचालन कमिटिले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button