अर्मलाबासीले भने – ‘भोट हालेर काँग्रेसको गुन तिछौं’

पोखरा महानगरपालिकाको वडाभित्र समेटिएको अर्मला दुईवर्षअघि जमिन भासिने क्रमले त्रसित थियो । तर अहिले व्यवस्थित हुदै गएको छ । बस्ती नै विस्थापित हुने पिरलो विस्तारै हट्दै गएको छ । त्यसको श्रेय भने स्थानीयबासिन्दाले नेपाली काँग्रेसलाई दिए । “जमिन भासिने क्रमले बस्ती नै विस्थापितको संघारमा थियौं । तत्कालिन सांसद शारदा पौडेल र कुमार खड्काको पहलमा जमिन मुनिको पानीलाई व्यवस्थित ढल निर्माण गरी निकास गरिएको छ ।” स्थानीयबासीले भने–“उहाँले पहल नगरिदिएको भए बस्ती विस्थापित भईसक्थ्यो ।” नेतृ पौडेल दुई वर्षअघि आफैं उपस्थिति भई अर्मला जुईमुरे बस्तीका पीडितसँग सात्क्षाकार गर्दै संरक्षण अभियान थालेकी थिईन् ।

जमिन मुनीको पानीको सहज निकास नहुदाँ जमिन भासिने क्रमले बस्ती विस्थापित हुने सम्भावना थियो । “जमिन भासिदाँ त्रासमा बाँचिरहेका थियौं ।”स्थानीयबासिन्दाले थपे–“बस्ती जोगिदाँ यहाहरु समक्ष भेटघाट गर्न पायौं ।” बासिन्दाले कुमार खड्कालाई हेर्दै भने–“हिजो तपाईलाई भोट दिन पाएनौं । बस्ती जोगाउन तपाईले खेलेको भूमिकाप्रति अर्मलाबासी ऋ्णी छौं । त्यो ऋण तिर्न हामीले रुखमा भोट हालेर गुन तिर्छौै । हाम्रो प्रतिबद्धता हो ।”

महानगरपालिकाको वडामा मुख्य समस्या सडक नै रहेको छ । अर्मलादेखि सिक्लेससम्मको ३५ किलोमिटर सडक निर्माण गर्ने कास्की काँग्रेस क्षेत्र नं २ का उम्मेदवारले प्रतिबद्धता जनाएका छन् । “अर्मलादेखि सिक्लेससम्मको सडकको ट्रयाक माबै खोलिएको छ ।”

स्थानीयबासिन्दाको मागलाई सम्बोधन गर्दै कास्की २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापाले सम्बोधन गर्दै भने–“अब बाटोलाई व्यवस्थित र मोटरबल बनाउने जिम्मेवारी नेपाली काँग्रेसले लिने छ । त्यसको लागि रुख चिन्हमा भोट खस्न जरुरी छ ।”

अर्मलालाई पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने उम्मेदवार थापाले सुनाए । “पशुपालन मार्फत स्वरोजगार सृजना गर्नुपर्छ ।” उनले भने–“पशुपालनसँगै कृषिलाई पनि उत्तिकै महत्व दिन जरुरी छ ।” नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं पुर्व मन्त्री कुमार खड्का, कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज चालिसे, समानुपातिक उम्मेदवार आनन्दराज मुल्मी लगायतले स्थानीयबासीको मागलाई काँग्रेसले मात्रै सम्बोधन गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button