समानता र स्वतन्त्रताको लागि काँग्रेसलाई भोट – शुक्रराज

कास्की क्षेत्र नम्बर ३ मा प्रतिनीधिसभातर्फ काँग्रेसबाट उम्मेदवारी दिएका शुक्रराज शर्माले समानता र स्वतन्त्रताका लागि नेपाली काँग्रेसलाई भोट गर्न आग्रह गरेका छन् । उनले काँग्रेसमा सबै भाषा, सँस्कृति र जातका मानिसहरु एकै ठाऊँमा समान तरिकाले अट्न सक्ने उल्लेख गर्दै जनताले विखण्डनबादीहरुलाई भोट हाल्न नहुने सुझाए ।

‘यहाँ जात, भाषा र धर्मको नाममा विभाजन गराउने प्रपञ्च रचिँदै आएको छ । यद्यपी हामी त्यसो हुन दिँदैनौँ । बिखण्डनले लोकतन्त्रको अस्तित्व हराउँछ ।’ उनले भने–‘देशलाई द्वन्दमा लाने प्रयास गरिरहेकाहरुको पक्षमा जनता उभिनु पनि हुँदैन ।’ उनले काँग्रेस मात्रै जनताको साझा पार्टीको रुपमा स्थापित भएको उल्लेख गर्दै अझै पनि काँग्रेस सबैको हुन चाहेको बताए ।

चुनावी प्रचारको क्रममा पुम्दीभुम्दी हुँदै ढिकुरपोखरी पुगेको शर्मा र प्रदेश ‘ख’तर्फका उम्मेदवार शिकन्दर गुरुङ सहितको टोलीले त्यहाँ चुनावी सभामा सम्बोधन गरेको थियो । सम्बोधनको क्रममा प्रदेशसभा तर्फका उम्मेदवार शिकन्दर गुरुङले काँग्रेस कहिल्यै झुठो नबोल्ने पार्टी भएको दाबी गरे । उनले काँग्रेस जस्तै आफू पनि झुठो नबोल्ने भएकोले सत्यको पक्षमा भोट हाल्न त्यहाँका मतदाताहरुलाई आग्रह गरेका थिए । उनले बढि बोल्नेलाई भन्दा काम गरेर देखाउनेलाई रोज्न जनतालाई सुझाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button