पहिलो चरणको निर्वाचन शान्तिपुर्ण सम्पन्न भएकोमा परियारद्वार खुशी व्यक्त

प्रतिनिधि शभा तथा प्रदेश सभा अन्तर्गतका आइतबार विभिन्न ३२ जिल्लामा सम्पन्न निर्वाचन प्रती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य जीवन परियारले खुशी व्यक्त गर्नुभएको छ ।

लोकतन्त्रको एक मात्र सबल पक्षको रुप मानिने निर्वाचन ३२ जिल्लामा सफलता र शान्तिपुर्ण रुपले सम्पन्न हुनु सबै जनताको जित भएको उहाले बताउनुभएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै परियारले गणतन्त्रको सस्थागत पहिचान र नया संविधान को कुशल कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुङ्गा साबित हुने दाबी गर्नुभएको छ । लोकतन्त्रको शुन्दर पक्ष निर्वाचनमा कसैको पनि जित र हार नहुने बरु समग्र नेपालिको जित भैसकेको परियारले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

आगामी मङ्सिर २१ गते हुने दोश्रो चरणको निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर १ प्रदेश क मा प्रदेश सभा सदस्यको उमेद्वार समेत रहनुभएका परियारले अबको निर्वाचनले मुलुकको समृद्धि ,बिकाश , लोकतन्त्र,गणतन्त्र र गाउँ गाउको बिकाशका मुद्दा समेत बलियो पार्ने हुदा तत्कालीन लाभ देखाउनेलाइ भन्दा दिर्घकालिन योजनाको खाका तय गर्ने लोकतान्त्रिक शक्तिलाई आफ्नो अमुल्य मत दिन पनि आग्रह गर्नुभएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button