पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ रत्नचोक स्थित दिदी बहिनी समुहले पोखरा सितापाईलामा रहेको पोखरा बृद्धाश्रममा आर्थिक सहयोग गरेको छ।

यसै बर्ष संचालन भएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको नगद १० हजार रुपैैया आइतबार बृद्धाश्रमलाई सहयोग प्रदान गरिएको हो । समुहका संयोजक रेनुका भण्डारी सहितको एक समुहले बृद्धाश्रमका प्रमुख संरक्षक वसन्त केशव पराजुली, अध्यक्ष टिका भण्डारी, सदस्य बुद्धि प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन ।

समुहको सामाजिक उत्तरदाहित्व अन्र्तगत आफुहरुले देउसी भैलोबाट संकलित उक्त सानो रकम बृद्धाश्रममा सहयोग गरेको र आगामी दिनमा यस्तै सामाजिक कार्य गर्दै जाने योजना भएको संयोजक भण्डारीले बताईन । समुहका पदाधिकारी सहित सदस्यहरुले बृद्धाश्रममा रहेका बृद्ध तथा बृद्धासंग भेटघाट समेत गरेका थिए । पोखरा बृद्धाश्रममा २४ जना बृद्ध र २९ जना बृद्धा रहेकाछन। विभिन्न दाताहरुको सहयोगले बृद्धाश्रम संचालन हुदै आएको अध्यक्ष भण्डारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button