कास्कीकोटको विकाशमा सघाउँछौँ – जगत

बाम गठबन्धन क्षेत्र नं ३ का साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियान अन्र्तगत आज कास्कीको अन्नपूर्ण गाउपालिका १ ढिकरपोखरीको धारापानीमा कोण सभाको सम्पन्न गरी पोखरा लेखनाथ २४ कास्कीकोटका बिभिन्न बस्तीमा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा कास्कीकोटका पहरेपानी, मान्द्रेढुंगा, मौला, र देउरालीमा कोणसभा समेत गरिएको थियो । ती स्थानहरुमा आयोजना गरिएको कोणसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार जगत विश्वकर्माले जनताका सबै हक अधिकारलाई सुरक्षित गर्नका लागि देशमा बहुमतसहितको सरकार खाँचो रहेको बताउदै यसपटक बामगठबन्धनलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो । बाम गठबन्धनले स्थायी सरकार, शान्ति, सुव्यवस्थाको ग्यारेण्टी गर्ने उनको भनाई थियो । विकाशको दृष्टिकोणले कास्कीकोट सम्भावना नै सम्भावना भएको ठाउँ भएकाले यसलाई धार्मिक पर्यटनसंग जोडेर विकाश गर्ने विकले बताए ।

त्यस्तै क्षेत्र नं ३ प्रदेशसभा २ का उम्मेदवार राजीव पहारीले कास्कीकोटको ऐतिहासिक महत्व बुझेर यहाँका धार्मिक स्थलहरुको संरक्षण र संम्बद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समानुपातिक उम्मेदवार मित्रकुमारी गुरुङ सुवेदी, पुष्पा केसी भण्डारी, दुर्गा विक, लगायतले अगामी २१ गते हुनलागेको निर्रवाचनमा बामगठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई कास्की जिल्लाको समग्र बिकाशका लागि पनि बिजय गराउन आग्रह गरे । सो अवसरमा नेताहरु पुण्य पौडेल, गोमा ढकाल, संजीव बहादुर कोईराला लगनयतले बोलेका थिए । कार्यक्रममा गोविन्द अधिकारी, भीमलाल भुँगाई, दिनेश नेपाली, अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गौतम , क्षेत्र नं ३ का सामाजिक सञ्जाल परिचालन संयोजक जर्नादन सुबेदी लगायतको पनि सहभागिता थियो ।

त्यसै अवसरमा कलाकारहरु प्रजापती पराजुली, तारपती सुवेदी लगायतका कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

यस्तै भोली कास्कीको पदेलीमा पूर्वान्ह ११ बजे कोण सभा आयोजना गरिएको अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गोतमले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button