पोखरामा जारी प्याब्सन मिटमा नकआउट चरणका फुटबल खेल सम्पन्न

निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजनामा भइरहेको १५ औं संस्करणको प्याब्सन मिट अन्र्तगत सोमबार पनि सिनियर र जुनियर तर्फको फुटबल खेलहरु जारी रहेका छन । भण्डारढिकको रंगशाला र नेपाल आर्दशको खेल मैदानमा जुनियर तर्फका खेलहरु र हेम्जाको विष्णुपादुका तथा गौरिशंकर मावीको खेल मैदानमा सिनियरका नकआउट चरणका खेलहरु जारी छन ।

जस अन्र्तगत सोमबार सम्पन्न भएको सिनियर तर्फको खेलमा बालविद्याले अमरज्योतीलाई ४–० ले, अल्फाले प्रतिभालाई २–१ ले, ग्लोवल कलेजियटले फेवा पव्लिकलाई १–० ले, सोसियल पव्लिकले पोखरा पव्लिकलाई लाई ४–१ गोल अन्तरले पराजित गरेको छ भने एक्स आर्मीलाई बाल कल्याणले ४–० गोलले पराजित गरि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सिनियर तर्फकै खेलमा नेपाल आर्दशले सरस्वतीलाई ६–० ले, विद्यानिकेतनले डायमण्डलाई २–१ ले, हिमाञ्चलले पिकेजी वोर्डिङ्गलाई ३–१ गोल अन्तरले पाखा लगाई क्वाटर फाइनलमा प्रवेश गरेका छन । त्यसै गरि लक्ष्मी आवाशियले धौलागिरीलाई टाइ व्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै जुनियर तर्फको खेलमा स्नोभ्यूले बाल प्रभातलार्ई ४–० ले, न्यू मिलिनियमले डायमण्डलाई ४–१ ले, नेपाल आर्दशले जेसिए बोर्डिङ्गलाई ५–० ले, रेन्वोले मेरीगोल्डलाई ३–१ ले, धौलागिरीले निलगिरीलाई ३–० ले, फिसटेलले नोवललाई ४–३ ले, ज्योतीकुञ्जले न्यूऐरालाई ६–० ले र शान्तिदिपले बेसलाइनलाई २–० गोल अन्तरले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

फुटबलका सेमीफाइनल र फाइनलखेलहरु भने पोखरा रंगशालामा सम्पन्न गरिने प्याब्सनका कास्कीका सचिव मथुरा पौडेलले जानकारी दिए । पौडेलका अनुसार जुनियर फुटबल तर्फ ४८ र सिनयर तर्फ ७२ विद्यालयका टिमहरु प्रतिष्पर्धामा छन ।

प्याब्सनमिट अन्र्तगत प्याब्सन कास्की अन्र्तगतका कुल ८४ विद्यालयहरुको सहभागिता रहेको छ । प्याब्सन मिटमा करिव ६ हजार विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्प्रर्धा गर्ने प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले बताए । प्याब्सनमिटमा छात्र फुटवल जुनियर सिनियर, छात्र–छात्रा भलिवल, छात्र–छात्रा टेवल टेनिस सिंगल्स् डबल्स तथा छात्र–छात्राका एथलेटिक्स तर्फ ट्रयाक एण्ड फिल्ड तर्फका सम्पुर्ण खेलहरु हुनेछन । ट्रयाक एण्ड फिल्डमा १ सय, २ सय ८ सय र १५ सय मिटरको दौडका साथै ४ सय मिटरको रिले दौड, लङ्ग जम्प, हाइ जम्प र ट्रिपल जम्पका खेलहरु समावेश गरिएको १५ औ प्याब्सन मिटका संयोजक एवम प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले बताए ।

मंसिर १३ गते पोखरा रंगशालामो १५ औं प्याब्सन मिटको औपचारिक उद्घाटन हुने छ । प्रतियोगिता मंसिर १७ गते सम्पन्न हुने संयोजक गौतमले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button