नागरिक उडड्यन प्राधिकरणको प्राथमिकतामा पोखरा अन्तराष्ट्रिय विमानस्थल

नेपाल नागरिक उडड्यन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विमानस्थलको निर्माणमा प्राथमिकता दिएको छ ।

प्राधिकरणले  राष्ट्रिय गौरवका विमानस्थल निर्माण प्राथमिकतामा पर्यटकीय दृष्टिले महत्वपूर्ण पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पनि राखेको छ ।

चालू आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट, नीति र कार्यक्रमबारे जानकारी दिन आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक संजीव गौतमले निर्माणाधीन गौतमवुद्ध विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र बाराको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक बजेट निर्धारण गरिएको बताए । यी विमानस्थल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

यस्तै प्रधिकरणले धनगढी, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जका विमानस्थललाई स्तरोन्नति गर्ने तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न हेलिप्याड निर्माणकार्य आरम्भ गरिने जनाएको छ ।

चालू वर्षका लागि कुल रु ४३ अर्ब ६६ करोड ५७ लाख आम्दानी र रु ४३ अर्ब ५९ करोड ६९ लाख खर्च गर्ने अनुमान गरेको प्रधिकरणले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button