सिक्लेसबाट कोरीसम्म केबलकार – मनबहादुर गुरुङ

कास्की निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा २ का बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले कास्कीको पर्यटकीय क्षेत्र सिक्लेसदेखि कोरीसम्म केबलकार निर्माण गर्ने बताएका छन् । मादी गाउँपालिका ६ अन्तर्गत चिप्ली गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सिक्लेसलाई केन्द्रमा राखेर समग्र कास्कीको पर्यटन गतिविधि बढाउने बताए । जवनकुनादेखि रुपाकोटको कोटसम्म, कालिका ठूलाकोटदेखि सिक्लेस र सिक्लेसबाट कोरीसम्म पर्यावरणलाई प्रतिकूल असर नगर्नेगरी केवलकार सुविधा उपलब्ध गराउने गुरुङले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिक्लेस दुधपोखरी राजमार्गको परिकल्पना आफैले गरेर ट्याक खोली निरन्तर स्तरोन्नति गरिरहेको बताउँदै उनले अबको ३ वर्षभित्र बाटो कालोपत्रे गरिने बताए । विजयपुर खोलामा मोटरेवल पुल निर्माण गरी सडक सञ्जाललाई व्यापक बनाइने उनको भनाइ छ । स्थानीय युवा क्लबका अध्यक्ष राम गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको अत्याधिक मतसहित आफू बिजयी हुने दावी गरे । उम्मेदवार गुरुङसहितको निर्वाचन प्रचारप्रसार टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

त्यसैगरी सोमबार नै मादीगाउँपालिका १ स्थित खिलाङमा आमसभा सम्पन्न भएको छ । उक्त अवसरमा बोल्दै गुरुङले स्थानीय जनताको भावना अनुसार आफूले काम गर्ने बताए । प्रचारप्रसारको क्रममा बाम गठबन्धनका उम्मेदवारलाई जिताउने जनताबाट प्रतिबद्धता पाएको गठबन्धनका प्रदेशसभा प्रचारप्रसार संयोजक बालकृष्ण गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button