गुणस्तरीय स्वास्थ्य सेवाप्रति काँग्रेसको प्रतिबद्धता – थापा

 

कोमागाने मातृशिशु अस्पतालको गेट अगाडि लोक गायक झलकमान गन्धर्वको शालिक छ । शालिकलाई माल्र्यापण गरी नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापाले मंगलबार पोखरा १६ मा आफनो घरदैलो कार्यक्रम शुरुवात गरे ।

घरदैलो गर्ने क्रममा स्थानीयबासिन्दाले सहयोग गरे । बयोबृद्धले थापालाई “विजयी भव” भन्दै आशिष नै दिए । घरदैलो कै क्रममा स्थानीय शोकमा परेका परिवारजनप्रति समवेदना प्रकट गर्दै रुखमा मतदान गर्न थापाले आग्रह गरे ।

कलाकारले सडकै बसेर सांगितीक माहौल सृजना गर्दै रुखमा भोट हाल्न आग्रह गरिरहँदा थापा भने प्रत्येक घरमा पुगेर रुखमा भोट हालिदिन सबैसँग दुई हात जोडे । उद्यमशीलता, उर्जा, कृषि र दक्षजनशक्ति उत्पादन थापाको अभियान हो । कलाकारहरु चोलेन्द्र पौडेल, ज्योति लोहनी, सीता केसी, राजन कार्की, कृष्ण सुवेदी र प्रदीप त्रिपाठी लगायतले सांगितीक प्रस्तुतीकरण गरेका थिए ।

उनको त्यो अभियानलाई पुरा गर्न सबै तह र तप्काले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । शिक्षा स्वास्थ्य पर्यटन र खेलकुदसँगै सांगितीक शहरको रुपमा समेत परिचित हुदैं गएको पोखराको समग्र विकासको लागि रुखमा भोट हाल्न घरपिच्छे आग्रह गरे ।

आमा र शिशुको स्वास्थ्यप्रति सम्वेनशिल हुदैं मातृशिशु अस्पताललाई अझ गुणस्तरीय प्रविधि भित्रयाई सेवा उपलब्ध गराउने तर्फ आफनो प्रतिबद्धता जाहेर गरे । उपचारकै अभावमा ग्रामीण क्षेत्रका महिला पीडित बन्दै गएको अवस्थामा अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न समेत आग्रह गरे ।

“मानवीय स्वास्थ्य सबैभन्दा ठूलो हो ।” उनले भने–“अस्पतालमा सहज उपचार हुनुपर्छ । त्यसको लागि आवश्यक उपकरण भित्रयाउन पहल गर्ने छु ।” उपकरण विना गुणस्तरीय स्वास्थ्य दिन नसकिने हुदाँ तत्काल अत्यावश्यक उपकरण ल्याउन तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।

घरदैलो अभियानमा पुर्व महिला तथा समाजकल्याण मन्त्री एवं नेपाली काँग्रेसका आमन्त्रित सदस्य कुमार खड्काले साथ दिईरहेका थिए । उनकै समयमा महिलाको पाठेघर तथा स्तन क्यान्सरको निशुल्क उपचार तथा प्रत्येक सन्तानाले १० प्रतिशत आमावावुलाई दिनुपर्ने कानून बनेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button