पोखरामा जारी प्याब्सन मिटमा फुटबल जुनियर तर्फ क्वाटर फाइनल खेल सम्पन्न

निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजनामा भइरहेको १५ औं संस्करणको प्याब्सन मिट अन्र्तगत मंगलबार पनि सिनियर र जुनियर तर्फको फुटबल खेलहरु जारी रहेका छन ।

जस अन्र्तगत मंगलबार सम्पन्न भएको सिनियर तर्फको खेलमा शान्तिदिपले हिमालयनलाई ३–० ले, पास्कलले ज्ञानुबाबालाई ३–२ ले, हिल पोइन्टले फिसटेललाई २–१ ले, मेरी गोल्डले सरस्वती वोर्डिङ्गलाई ३–० गोलले, जेसिएले पारामाउन्टलाई २–१ ले, ताराकुञ्जले शिसु कल्याणलाई १–० गोल अन्तरले पराजित गरि प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन ।

सिनियर तर्फकै खेलमा रेन्वोले भ्यू पोइन्टलाई २–१ ले, डायनामिकले न्यूलाइटलाई ४–३ ले, बेसलाइनले बालप्रभातलाई ४–२ ले, शान्ति निकुञ्जले पश्चिमाञ्चललाई ४–२ ले, स्नो भ्यूले टप्सलाई १–० ले, वाल विद्याले लक्ष्मि आवाशियलाई ४–३ ले, हिमाञ्चलले पिकेजी लाई ४–३ ले नेपाल आर्दशले विद्यानिकेतनलाई ३–० गोल अन्तरले पराजित गरी प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन । सिनियर तर्फको खेलमा विएमजी वोर्डिङ्गले बालकल्याणलाई ५–२ गोलले पराजित गरे पनि अनाधिकृत खेलाडी खेलाएको भन्दै बाल कल्याणले प्रोटेष्ट हालेको र सो पुष्टि भएपछि विएमजीलाई खेलबाट वर्खास्त गरि बाल कल्याणलाई विजयी बनाइएको सिनियर फुटबल प्रतियोगितका संयोजक जगत थापाले बताए ।

त्यस्तै जुनियर तर्फ सम्पन्न क्वाटर फाइनलका खेलमा स्नोभ्यू, न्यु मिलिनियम, रेन्वे एकेडेमी र ज्योती कुञ्ज आ–आफ्नो खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको जुनियर फुटवलका संयोजक खिम गुरुङ्गले जानकारी दिए । सम्पन्न खेलमा स्नोभ्यूले शान्तिदिपलार्ई १–० ले, न्यू मिलिनियमले नेपाल आर्दशलाई ६–२ ले,रेन्वो एकेडेमीले धौलागिरीलाई ३–१ ले, र ज्योती कुञ्जले फिसटेललाई ४–१ ले, पराजित गरि सेमीफाइनलमा प्रवेश गरेका छन् । सेमी फाइनलका खेल विहिवार सम्पन्न गरिने संयोजक गुरुङ्गले बताए । जुनियर फुटबल तर्फ ४८ र सिनयर तर्फ ७२ विद्यालयका टिमहरु प्रतिष्पर्धामा छन ।

प्याब्सनमिट अन्र्तगत प्याब्सन कास्की अन्र्तगतका कुल ८४ विद्यालयहरुको सहभागिता रहेको छ । प्याब्सन मिटमा करिव ६ हजार विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्प्रर्धा गर्ने प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले बताए । प्याब्सनमिटमा छात्र फुटबल जुनियर सिनियर, छात्र–छात्रा भलिवल, छात्र–छात्रा टेवल टेनिस सिंगल्स् डबल्स तथा छात्र–छात्राका एथलेटिक्स तर्फ ट्रयाक एण्ड फिल्ड तर्फका सम्पुर्ण खेलहरु हुनेछन । ट्रयाक एण्ड फिल्डमा १ सय, २ सय ८ सय र १५ सय मिटरको दौडका साथै ४ सय मिटरको रिले दौड, लङ्ग जम्प, हाइ जम्प र ट्रिपल जम्पका खेलहरु समावेश गरिएको १५ औ प्याब्सन मिटका संयोजक एवम प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले बताए ।

मंसिर १३ गते वुधवार पोखरा रंगशालामो १५ औं प्याब्सन मिटको औपचारिक उद्घाटन हुने छ । प्रतियोगिता मंसिर १७ गते सम्पन्न हुने संयोजक गौतमले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button