कास्कीमा ६७ प्रतिशत मत खस्यो

 

प्रतिनीधि तथा प्रदेश सभाको दोश्रो चरणको निर्वाचनमा  कास्कीमा करिब ६७ प्रतिशत मत खसेको छ ।

कास्कीका १  सय ५०  मतदान स्थल अन्तर्गतका ३ सय १७ वटा मतदान केन्द्रमा बिहिबार सम्पन्न मतदानमा ६७ प्रतिशत मत खसेको क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताए ।

सुवेदीका अनुसार कुल २ लाख ५५ हजार ४ सय ५२ जना मतदाता रहेको कास्कीमा  १ लाख ७१ हजार १ सय ५२ जनाले मतदान गरेका छन् ।

कास्कीमा १ लाख १९ हजार २ सय ९४ जना पुरुष मतदाता तथा  १ लाख ३६ हजार १ सय ५४ जना  महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा यस बर्ष ३० हजार ६ सय ४१ जना नयाँ मतदाता थपिएका हुन ।

 

सुवेदीका अनुसार  सम्पुर्ण मतपेटिका मत गणनास्थलमा ल्याएपछि शुक्रबार विहान १० बजे पछि सर्वदलिय बैठक बसेर मतगणना सुरु हुनेछ  । समग्रमा कास्की जिल्लाको मतदान कार्य  शान्तिपूर्ण रुपमा सम्पन्न भएको सुबेदीले बताए ।

प्रतिनिधि सभाको लागि ३ र प्रदेश सभाको लागि ६ सिटको लागि भएको प्रतिष्प्रर्धामा  कास्कीका स्वतन्त्र सहित १३ वटा पार्टीका ९४ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button