पूर्वी रुकुमबाट माओवादी केन्द्रले खाता खोल्यो

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात गरेको छ ।

वाम गठबन्धनको तर्फवाट  माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ६ हजार बढी मत अन्तरले पछि पार्दै बिजयी भएकी हुन् ।

रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याएका छन । पूवमन्त्री समेत रहेकी रोका यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला  हुन् ।

बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको पूर्वी रुकुममा  पहिलो चरणको मतदान अन्तर्गत  मंसिर १० गते मतदान भएको थियो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button