प्रदेशसभामा माओवादी केन्द्रले धादिङवाट खाता खोल्यो

 

नेकपा  माओवादी केन्द्रले प्रदेशसभामा धादिङवाट  खाता खोलेको छ ।

धादिङ क्षेत्र नं. २ (क) मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएसंगै  माओवादी केन्द्रले प्रदेशसभामा पहिलो खाता खोलेको हो ।

३५ हजार ६ सय ७ मत खसेको धादिङमा  वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका हुन् । उनले  निकटतम प्रतिद्वन्द्वी  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङलाई १ हजार ८३१ मतले हराएका हुन् ।

कांग्रेसको समर्थन पाएका तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button