पश्चिम रुकुममा भारी मतान्तरले जनार्दन शर्मा विजयी, माअोवादीका ६ जना उम्मेदवारनै रूकुममा विजयी

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी भएका छन् ।

उज्यालो नेपालका अभियन्ता रहेका शर्मा भारी मत अन्तरले विजयी भएका हुन्  ।

विनाविभागीय मन्त्रीसमेत रहेका शर्माले ३४ हजार ४ सय २ मत हासिल गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएका छन् ।

यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा १० हजार मतान्तरले विजयी भएका छन् ।

शर्माले १८ हजार ६सय ६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १सय २७ मत ल्याएका छन् ।

यसअघी प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसकेका छन् ।

यो संगै पूर्वी र पश्चिम दुवै रूकुममा माअोवादीका ६ जना उम्मेदवार नै विजयी भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button