कास्कीमा कांग्रेसको एक सिट, अन्य ८ सिटमा बाम गठवन्दनको अग्रता

नेपाली कांग्रेसले कास्कीमा एक सिट जितेको छ ।

कास्की क्षेत्र नम्मर २ ख बाट नेपाली कांग्रेसका उमेदवार विन्दु थापाले जित हासिल गरेका हुन । थापाले ८ सय २ मत अन्तरले वाम गठवन्दनका उमेदवार राजकाजी गुरुङ्गलाई पराजित गरेका हुन।

थापाले १० हजार ७ सय २६ मत ल्याउदा गुरुङ्गले ९ हजार ९ सय २४ मत ल्याएका हुन। थापा पोखरा उद्योग बाणिज्य
सघका निवर्तमान अध्यक्ष हुन भने गुरुङ्ग पुर्व सांसद हुन।

स्वतन्त्र उमेदवार नरेस शंखर पालिखेले  १ हजार २ सय ९२ मत ल्याएका छन । पालिखे नेपाली कांग्रेसका नेता हुने भने उनले पार्टीबाट टिकट नपाए पछि वागी रुपमा उठेका थिए ।

अन्य ८ सिटमा वाम गठवन्दनले अग्रता कायम गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button